

-
राबात । संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच दश वर्षे सैन्य सहयोग सम्झौता भएको छ ।
अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई दिने भ्रमणका क्रममा सैन्य सहयोग सम्बन्धी उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । उत्तर अफ्रिकी मुलुकहरुको भ्रमणकै क्रममा मन्त्री एस्परले ट्युनिसियासँग पनि यस्तै सैन्य सम्झौता गरेका थिए ।
उनले यसअघि अल्जेरियाको भ्रमण गरेका थिए । सन् २००६ यता पहिलो पटक अमेरिकी रक्षामन्त्री अल्जेरियाको भ्रमणमा गएका हुन् । राष्ट्रपति र सेनापतिसँग भेटवार्ता भएपनि अल्जेरियासँग कुनै सम्झौता भएको सार्वजनिक भएको छैन ।
साहेल क्षेत्रमा उत्पन्न असुरक्षाको स्थितिलाई ध्यानमा राखेर सैन्य समझदारी गर्न अल्जेरियाली नेताहरुसँग मन्त्री एस्परले प्रस्ताव राखेका थिए ।
संयुक्तराज्य अमेरिकाका लागि मोरक्को प्रमुख गैर–नेटो सदस्य राष्ट्र हो । अमेरिकी रक्षामन्त्री एस्परले मोरक्कोका विदेश मन्त्री नास्सेर बौरितासँग भेटवार्ता गरेका थिए ।
सैन्य सम्झौतापछि दुबै देशबीचको सहकार्यलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ । मोरक्कोका लागि अमेरिका सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता मुलुक हो । मोरक्कोले हरेक वर्ष “अफ्रिका लायन” नामको अमेरिकी सैन्य अभ्यास पनि आयोजना गर्दछ । कोरोनाभाइरसका कारण यसवर्ष उक्त अभ्यास रद्द गरिएको छ । रासस/एपी
News Desk 0 response आइतवार, अशोज १८, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



