

-
सिरिया र इराकमा इस्लामिक स्टेट समूहका १० हजारभन्दा बढी लडाकू सक्रिय रहेको प्रतिआतंकवाद सम्बन्धी राष्ट्रसंघीय प्रमुखले बताएका छन् । अमेरिका समेतका बहुराष्ट्रिय सेनाको सहयोगले दुई वर्षअघि आतंकवादी संगठन इस्लामिक स्टेट परास्त भएको घोषणा गरिएको थियो ।
राष्ट्रसंघीय सुरक्षा परिषदमा प्रतिआतंकवाद सम्बन्धी प्रमुख भ्लादिमिर भोरोनकोभले दुई देशमा इस्लामिक स्टेटका लडाकूहरु स्वतन्त्र रुपमा घुमफिर गरिरहेको जानकारी दिए ।
उनले इस्लामिक स्टेटले धेरै स्थानमा पुनः संगठित हुन थालेका र उनीहरुका कृयाकलापहरु द्वन्द्वग्रस्त मुलुकहरु इराक र सिरिया मात्र नभई क्षेत्रीय आतंकवादी संगठनहरुसँग साँठगाँठ गर्न थालेको बताए ।
उनले भने, “तथापी गैर–द्वन्द्वग्रस्त क्षेत्रमा छोटो समयका लागि उनीहरुको प्रभाव कमै देखिएको छ । कोरोनाभाइरस रोक्न लकडाउन र अन्य प्रतिबन्धात्मक व्यवस्थाले मानिसको हिँडडुलमा कडाई गरिएका कारण आतंकवादी हमलाहरु न्यून भएका छन् ।”
उनले कोभिड–१९ संकटका कारण आतंकवादको त्रासलाई समाप्त गर्न चुनौती खडा भएको चर्चा गर्दै कोभिड–१९ को आडमा सिर्जित सामाजिक–आर्थिक र राजनीतिक संकटबाट इस्लामिक स्टेट र अन्य आतंकवादी समूहहरुले फाइदा उठाउन सक्ने बताए ।
तर भोरोनकोभले कोरोना महामारीबाट सिर्जित असरले आतंकवादी समूहमा भर्ना र रकम उठाउने कार्यहरुमा के प्रभाव परेको छ भन्ने स्पष्ट भइनसकेको बताउँदै इस्लामिक स्टेटका नेता अबु इब्राहिमको नेतृत्वमा संगठनको रणनीतिका दिशामा कुनै परिवर्तन आएको वा नआएको बारेमा स्पष्ट भइनसकेको बताए ।
पश्चिम अफ्रिकामा इस्लामिक स्टेटमा आबद्ध करिब ३ हजार ५०० लडाकू सक्रिय रहेको र त्यसबाट क्षेत्रीय शान्तिमै खतरा उत्पन्न भइरहेको भोरोनकोभले बताए । लिबियामा सानो संख्यामा सक्रिय इस्लामिक स्टेटले स्थानीय जातीय तनाबलाई आफ्नो पक्षमा उपयोग गर्न प्रयास गरिरहेको उनको भनाई छ ।
उनले अन्तर्राष्ट्रिय समुदायले इस्लामिक स्टेटबाट सिर्जित चुनौती नियन्त्रणमा ल्याउन समयमै ध्यान नदिए विश्वभर नै यसले समस्या खडा गर्न सक्ने चेतावनी दिए ।
राष्ट्रसंघका लागि अमेरिकी राजदूत केल्ली क्राफ्टले राष्ट्रसंघका जायज चासोलाई सम्बोधन गर्न अमेरिकी प्रशासन तत्पर रहेको बताउँदै इराक र सिरियामा नियन्त्रणमा रहेका विदेशी लडाकू र उनीहरुका परिवारका सदस्यका कारण इस्लामिक स्टेटको पुनरुत्थान हुने परिस्थिति रोक्न अमेरिका सचेत रहेको पनि स्पष्ट गरे ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयन गर्न तथा इराक र सिरियाको गृहयुद्धका कारण अलपत्र परेका महिला, पुरुष र बालबालिकालाई आ–आफ्ना मुलुक फर्काउन आग्रह गरेका छन् ।
राष्ट्रसंघका लागि रुसी राजदूत भास्सिली नेबेन्जियाले इस्लामिक स्टेटबाट सिर्जित विश्वव्यापी आतंक उच्च तहमा अझै रहेको र त्यसको नेतृत्वले सिरिया र इराकबीचको सीमावर्ती क्षेत्रमा आतंकवादी हमलाहरु गर्न योजना बनाइरहेको बताएका थिए । एपी
News Desk 0 response बुधबार, भदौ १०, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



