

-
बैंकक । थाइल्याण्डको सरकारका विरुद्धमा थाइ राजधानी बैंककमा आइतबार हजारौँ जना नागरिक जम्मा भएर प्रदर्शन गरेका बताइएको छ । उनीहरुले थाइ सरकारको वहिर्गमनको माग गरेका थिए । राजधानी बैंककमा जम्मा भएका हजारौँ नागरिकले प्रधानमन्त्री प्रयुथ चान ओचाको राजीनामा मागेका छन् ।
उनीहरुले विपक्षी दलहरुमाथि भएको दमनको अन्त्य गर्न र नयाँ तथा प्रजातान्त्रिक संविधान ल्याउनका लागि वर्तमान प्रधानमन्त्री ओचाले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका थिए ।
यहाँका विपक्षीहरुले पूर्व सैनिक शासक ओचाको राजीनामा विगत लामो समयदेखि नै माग्दै आएका छन् । उनी पूर्व सैनिक शासक हुन् र गत वर्षको विवादास्पद निर्वाचन जितेर सत्तामा आएका थिए ।
यहाँ कम्तीमा पनि २० हजार जना थाई नागरिक सरकार विरोधी प्रदर्शनमा सहभागी भएको फ्रि युथ मुभमेन्टका एकजना नेताले बताए । फ्रि युथ मुभमेन्ट यहाँका विद्यार्थी संगठनहरुले सरकारका विरुद्धमा आन्दोलन गर्नका लागि निर्माण गरेको एउटा मोर्चा हो ।
उक्त मोर्चाका नेताले यहाँ सरकारका विरुद्धमा आन्दोलन सुरु भइसकेको र ठूलो संख्यामा नागरिक सडकमा आएको बताएका छन् । आन्दोलनमा जम्मा भएका करिब १९ हजार नागरिकले वर्तमान संविधान फेरेर नयाँ लेख्नुपर्ने भन्दै सरकारलाई हस्ताक्षर गरेर बुझाएका छन् ।
थाइल्याण्डको संविधान त्यहाँ सैनिक शासन रहेका बेला सन् २०१४ देखि २०१९ को अवधिमा बनाइएको हो । उक्त संविधान प्रजातान्त्रिक नभएको भन्दै यसको पुनः लेखन उनीहरुको माग छ । एएनआई
News Desk 0 response सोमवार, भदौ १, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



