

-
नयाँ दिल्ली । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था खराब नरहेको उनको परिवारजनले दाबी गरेका छन् । उनको अवस्था अन्त्यन्त नाजुक रहेको हल्ला चलिरहेका बेला उनकी छोरी शर्मिस्था मुखर्जीले अवस्था जटिन नरहेको शुक्रबार दाबी गरेकी हुन् ।
उनका अनुसार पूर्वराष्ट्रपति मुखर्जीको अवस्थामा सामान्य सुधार भएको छ र आँखाको तेज र प्रतिक्रिया बढेको छ । उनले आफ्ना पिताको स्वास्थ्य लाभको कामना गर्नेहरुप्रति कृतज्ञतापनि व्यक्त गरेकी छन् ।
“पछिल्लो दुई दिनदेखि मेरा पिताको स्वास्थ्य अवस्थाका बारेमा गलत हल्ला चलाइएको छ, पर्याप्त सुचना तथा जानकारी विना चलाइएका त्यस्ता हल्लामा कुनै सत्यता छैन, त्यस्तो भ्रममा नपर्न आग्रह गर्दछु,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् ।
धेरै जनाले गहिरो प्रार्थना गरेकाले त्यसैको शक्तिमा आफ्ना पिताको अवस्थामा सुधार हुदै आएको उनको भनाई छ । उनले भगवानसँग अझै प्रार्थना गरिरहन आग्रह गर्दै प्रार्थना र उपचारले आफ्ना पितालाई पुरै निको हुने विश्वास पनि व्यक्त गरेकी छन् ।
नयाँ दिल्ली स्थित आर्मी रिसर्च एण्ड रेफरल अस्पताल श्रोतले भने उनको अवस्था स्थिर रहेको जानकारी दिएको छ । अस्पतालले मुखर्जीलाई भेन्टीलेटरको सहयोगमा सघन उपचार गराईरहेको जनाएको छ । उनलाई केही दिन अगाडी कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको थियो । रासस/एएनआई
News Desk 0 response शुक्रबार, साउन ३०, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



