

-
झापा । मेची अस्पताल भद्रपुरमा कोभिड–१९ को नमूना परीक्षणसँगै सङ्क्रमितको उपचार शुरु गरिएको छ । प्रदेश नं १ सरकारको सहयोगमा अस्पतालमा २५ श्ययाको आइसोलेसन र पिसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले दुईवटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबारदेखि सङ्क्रमितको उपचार र पिसीआर प्रयोगशालाको नमूना परीक्षण भइरहेको बताए । अस्पताल विकास समितिलाई प्रदेश सरकारले दुवै काम थाल्न निर्देशन दिएको थियो । प्रयोगशालामा भइरहेको कोभिड–१९ को परीक्षणका नमूनालाई हाल विराटनगरस्थित प्रदेश प्रयोगशालामा पुनः परीक्षण गरिने र बुधबारदेखि नियमित परीक्षण थालिने अस्पतालका अध्यक्ष पोर्तेलले बताए ।
अस्पतालको आइसोलेसनमा यसअघि कोभिड–१९ का सङ्क्रमितलाई राख्ने गरिएको थिएन तर प्रदेश सरकारले आवश्यक सहयोग र सुविधा दिने भएपछि सङ्क्रमितको उपचारसमेत गर्न थालिएको हो । सोमबार विर्तामोड र अर्जुनधारा नगरपालिकाका पाँच सङ्क्रमितलाई मेची अस्पतालकै आइसोलेसनमा भर्ना गरेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईँले जानकारी दिए ।
प्रदेशसभा सदस्य वसन्त बानियाँले मेची अस्पतालमा कोभिड सङ्क्रमितको उपचार हुनु र पिसीआर प्रयोगशलासमेत सञ्चालनमा आउनु झापा मात्र नभएर इलाम, पाँचथर र ताप्लेजुङवासीका लागि समेत खुशीको विषय भएको बताए । रासस
News Desk 0 response मङ्लबार, साउन २०, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



