

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप २४६ जना कोरोना संक्रमित थपिएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतले पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा भएको परीक्षणका क्रममा २४६ संक्रमित थपिएको पुष्टि गरेका हुन् । यीसँगै नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको हो । सो अवधिमा ८ हजार ८६१ वटा नमूनाको परीक्षण भएको उनले जानकारी दिएका थिए ।
आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकामा मात्र ३१ जना रहेका छन् । जसमा काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका १ जना रहेको प्रवक्ता गौतमले पुष्टि गरेका हुन् ।
मन्त्रालयको कोभिड–१९ अपडेटका क्रममा प्रवक्ता डा. गौतमले थप एकको संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१६ नगवाकी ६८ वर्षीया महिला रहेकी छन् । ज्वरो र निमोनिया भएपछि उपचारका लागि साउन १३ गते नारायणी बयोधा अस्पतालमा भर्ना भएकी उनलाई संक्रमण पुष्टि भएकापछि कोभिड अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा शनिबार साँझ बाटोमै मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । उनमा शुक्रबार रातिमात्र संक्रमण पुष्टि भएको थियो । उनी मधुमेह तथा उच्च रक्तचाप रोगले पीडित भएको बताइएको छ । अब नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ सय ११ जना कोरोना जितेर निको भइ डिस्चार्ज भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या १४ हजार ६०३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार हाल विभिन्न कोरोना उपचार अस्पतालमा ५ हजार ६७२ जना सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । अहिले मुलुकभरका क्वारेन्टाइनमा १० हजार ९६४ जना रहेका छन् । त्यस्तै पाँच सय बढी संक्रमित हुने जिल्लामा रौतहट र कैलाली छन् भने संक्रमित नभएकामा भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला छन् ।
News Desk 0 response आइतवार, साउन १८, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



