

-
घोराही । दाङको गढवा गाउँपालिकाले जिल्लामा पहिलोपटक अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र स्थापना गरेको छ । गाउँपालिकाको एक करोड लगानी र सरोकारवाला निकाय, स्थानीय जनताको आर्थिक श्रमदानबाट सर्पदंश उपचार केन्द्र निर्माण सम्पन्न गरिएको पालिकाले जनाएको छ ।
उपचार केन्द्र निर्माण सम्पन्न भएर सञ्चालनको अन्तिम तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । विषालु सर्पका कारण बर्सेनि उपचार नपाई ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले सर्पदंश उपचार केन्द्र स्थापना गरेको उनको भनाइ छ ।
सर्पदंश उपचार केन्द्र स्थापना भए पनि सञ्चालनमा ल्याउन केही समय लाग्ने पालिकाले जनाएको छ । केन्द्र सरकारले सञ्चालनका लागि स्वीकृति प्रदान गरिसकेको छ । यस्तै प्रदेश सरकारबाट उपचारका लागि चाहिने स्नेक एन्टी भेनम र अन्य आवश्यक सामग्री प्राप्त हुनासाथ सर्पदंश उपचार केन्द्र सञ्चालन हुने अध्यक्ष यादवले बताए । प्रदेश सरकारको आपूर्ति केन्द्रबाट प्रथम चरणमा कम्तीमा ३०० डोज उपचारमा अति आवश्यक पर्ने स्नेक एन्टी भेनम ल्याउन लागिएको समेत उनले बताए ।
स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि प्रदेश र केन्द्रसँग स्वास्थ्य कार्यालय दाङले समन्वन्यात्मक काम गर्दै आएको बताए । प्रमुख पौडेलले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न आवश्यक सबै मापदण्ड पूरा भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट समेत स्वीकृत भइसकेको जानकारी दिए । उनका अनुसार अबको एक साताभित्रमा सर्पदंश उपचार केन्द्र विधिवतरूपमा सञ्चालनमा आउने छ ।
उक्त केन्द्र सञ्चालनका लागि रिपुमर्दन गण घोराहीबाट नेपाली सेनाको एक प्राविधिक टोलीसमेत परिचालन भइसकेको छ । रक्षा मन्त्रालयसँगको समन्वयमा उपचारमा खटिने नेपाली सेनाको प्राविधिक टोलीको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए । उनले केन्द्रमा सर्पदंशको उपचार गर्न आउने बिरामीको उपचार खर्च सबै गाउँपालिकाले व्यहोर्ने प्रतिबद्धतासमेत गरेका छन् ।
उक्त क्षेत्रमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि गढवा, राजपुर, राप्ती, लमहीलगायत आसपासका क्षेत्रका स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ मिल्ने छ । यसका साथै प्युठान, कपिलवस्तु, अर्घाखाँची, रोल्पा, सल्यानलगायत छिमेकी मुलुक भारतका नागरिकले पनि उपचार सेवा पाउनेछन् । गढवा, राजपुर, राप्ती लमही क्षेत्रमा सर्पदंशका कारण बर्सेनि थुप्रैको अकाल ज्यान जाने गरेको छ । जिल्लामा आर्थिक वर्ष २०७६÷७७ मा मात्रै १५ जनाको सर्पदंशबाट ज्यान गएको थियो । गढवा गाउँपालिकामा मात्र ५२ जनालाई सर्पदंश भएको थियो ।
जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यताले समयमै उपचार नपाउँदा धेरैको अकाल ज्यान जाने गरेको थियो । केही दिनअघि मात्रै राप्ती गाउँपालिकाका एक बालकलाई सर्पले डस्दा समयमा उपचार हुन नसकेपछि ज्यान गएको थियो । हिउँदमा भन्दा गर्मीयाम तथा वर्षायाममा सर्पको बढी बिगबिगी हुने गर्दछ । रासस
News Desk 0 response बुधबार, साउन १४, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



