

-
इजरायली सेनाको नियन्त्रण र प्रतिबन्धका कारण गाजाको ७० प्रतिशतभन्दा धेरै भूभागमा प्यालेस्टिनीको पहुँच सीमित भएको छ ।
मानव अधिकारका लागि गाजा केन्द्रका अनुसार आवास र आश्रयका लागि प्रयोग गर्न सकिने क्षेत्र गाजाको कुल भूभागको झन्डै १५ प्रतिशतमा खुम्चिएको छ ।
इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रको सीमा पश्चिमतर्फ बढाउँदै लगेको कतार न्युज एजेन्सीले जनाएको छ । साथै गोलाबारी गर्ने, गोली चलाउने र भवन तथा संरचना भत्काउने कार्यले प्यालेस्टिनीहरूलाई बाक्लो बस्ती भएका क्षेत्रबाट विस्थापित हुन बाध्य बनाइरहेको छ ।
गाजाको कुल क्षेत्रफल ३६५ वर्ग किलोमिटर छ । पटक–पटकको विस्थापन, आश्रयको अभाव र पुनर्निर्माणमा लगाइएको प्रतिबन्धले नागरिकको कठिनाइ बढाएको तथा उनीहरूलाई सुरक्षित रूपमा घर फर्कन अवरोध पुगेको केन्द्रले जनाएको छ ।
केन्द्रले यी गतिविधिले चौथो जेनेभा महासन्धिको धारा ४९ उल्लङ्घनसम्बन्धी चिन्ता उत्पन्न गरेको बताएको छ । यस धाराले सीमित परिस्थितिबाहेक कब्जा गरिएको क्षेत्रका संरक्षित व्यक्तिलाई जबरजस्ती स्थानान्तरण गर्न निषेध गर्छ ।
केन्द्रले युद्धविराम कायम गराउन भूमिका खेलेका अमेरिका, इजिप्ट, कतार र टर्किएलाई इजरायली सेनाले आफ्नो नियन्त्रणमा लिएको क्षेत्र थप विस्तार गर्न रोक्न, नागरिकको सुरक्षा गर्न र गाजाको पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेको छ । साथै विस्थापित प्यालेस्टिनीलाई सुरक्षित र स्वेच्छाले आफ्नो घर फर्कन सक्ने अवस्था सुनिश्चित गर्न पनि उसले आह्वान गरेको छ ।
News Desk 0 response बिहिबार, कार्तिक १३, २०८३

सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


