

-
इरानले अमेरिकासँग तत्काल सम्झौता नहुने बताएको छ । इरानले अमेरिकासँगको वार्तामा केही प्रगति भएको थर तत्काल सम्झौता नहुने बताएको बीबीसीले जनाएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आज सम्झौता हुन सक्ने बताएपछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईको यो टिप्पणी आएको हो ।
प्रवक्ता बकाईले छलफलमा रहेका धेरैजसो मुद्दाहरूमा निष्कर्षमा पुगेको तर यसको अर्थ सम्झौतामा अहिलै नै हस्ताक्षर हुन्छ भनेर दाबी गर्न नमिल्ने बताउनुभएको खबरमा उल्लेख छ । उनले अमेरिकी अधिकारीहरूको विरोधाभासी अडान र वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी गरे ।
अमेरिका–इरान समझदारीपत्रमा ६० दिनको युद्धविराम विस्तार, स्ट्रेट अफ हर्मुज जलमार्ग पुनः खोल्ने र इरानको आणविक कार्यक्रममा थप वार्ताको योजना समावेश छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वार्ता टोलीलाई इरानसँगको सम्झौतामा हतार नगर्न आग्रह गरेका थिए । अस्ति शनिवार ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको र विवरणहरू चाँडै घोषणा गरिने दाबी गरेका भोलिपल्टै यस्तो आग्रह गरेका हुन् ।
यसैबीच अमेरिका र इरानबीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । आज एशियामा विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुड ५।५ प्रतिशतले घटेर प्रतिब्यारेल ९७।९० अमेरिकी डलरसम्म झरेको छ ।
गएको फेब्रुअरी २८ मा इरान र अमेरिका–इजरायलबीच द्वन्द्व शुरू भएदेखि विश्वको २० प्रतिशत तेल र प्राकृतिक ग्यास ढुवानी हुने हर्मुजमा अवरोध छ ।
यस्तै शान्ति सम्झौताको आशामा जापानको प्रमुख शेयर ‘निक्केई २२५’ सूचकाङ्क ३ प्रतिशतले बढेर पहिलो पटक ६५ हजार विन्दुमाथि उक्लिएको छ । आज सार्वजनिक बिदाका कारण बेलायत र अमेरिकाको ऊर्जा तथा वित्तीय बजार बन्द रहन्छ ।
अप्रिलको शुरूमा युद्धविराममा सहमति भएको थियो र त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन् ।
News Desk 0 response सोमवार, जेष्ठ ११, २०८३

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



