

-
काडमाडौं : अमेरिकाले नौसैनिक अभियान शुरु गरेपछि खाडी क्षेत्रमा तनाव बढेको छ । युएईको सरकारी तेल ट्यांकरमा आक्रमण भएको छ ।
युएईको विदेश मन्त्रालयले आफ्नो सरकारी तेल कम्पनीसँग सम्बन्धित ट्यांकरमा आक्रमण भएको जनाएको बीबीसीले उल्लेख गरेको छ । फुजैराह तेल बन्दरगाहमा भएको आक्रमणबाट ठूलो आगलागी भएको र तीन जना घाइते भएका छन् ।
युएईले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले १२ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, तीन वटा क्रुज मिसाइल र चार वटा ड्रोन रोकेको जनाएको छ । अमेरिका–इरान युद्धविरामपछि पहिलो पटक युएईमा ‘मिसाइल अलर्ट’ बजेको छ ।
अहिले अवस्था सुरक्षित रहेको र स्थानीय बासिन्दाले सामान्य गतिविधि गर्न सक्ने भनिएको छ । युएईमा पछिल्लो आक्रमण इरानले गरेको आशङ्का गरिएको छ । तर इरानले युएईलाई निशाना बनाउने कुनै योजना नभएको जनाएको छ ।
इरानले होर्मुज जलमार्गमा देखिने कुनै पनि सैन्य जहाजलाई निशाना बनाइने चेतावनी दिँदै आएको छ । फुजैराह युएईको पूर्वी तटमा, स्ट्रेट अफ होर्मुजभन्दा बाहिर पर्छ । ओमानमा पनि स्ट्रेट अफ होर्मुजको किनार नजिकैको बुखा क्षेत्रमा एउटा आवासीय भवनमा आक्रमण भएको खबरमा उल्लेख छ ।
अमेरिकाले हिजोमात्रै ७ वटा इरानी साना डुङ्गामा आक्रमण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा इरानका ७ वटा डुङ्गामा आक्रमण भएको बताउनुभएको छ । तर इरानले अमेरिकी आक्रमणको प्रचार पूर्ण रूपमा गलत भएको दाबी गरेको छ ।
News Desk 0 response मङ्लबार, बैशाख २२, २०८३

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



