

-
चाणक्य नीतिमा उल्लेख गरिएको एक श्लोक छ । जसमा भनिएको छ ।
‘तुष्यन्ति भोजने विप्रा, मयूरा घनगर्जिते । साधवः परसम्पत्तौ, खलाः परविपत्तिषु ।’
श्लोकले समाजका विभिन्न चरित्रहरूलाई उनीहरू कुन अवस्थामा खुसी हुन्छन् भन्ने आधारमा तीक्ष्ण ढङ्गले वर्गीकरण गर्छ । यो श्लोक नेपालको वर्तमान राजनीतिक अवस्थासँग जोडेर हेर्दा झनै अर्थपूर्ण देखिन्छ ।
‘तुष्यन्ति भोजने विप्रा’ सुविधा पाएर सन्तुष्ट हुने वर्ग भन्ने सन्देश दिन्छ । चाणक्यले विप्र भोजनले तृप्त हुन्छन् भनेका छन् । आजको राजनीतिमा यो वर्ग पद, सुविधा, कोटा, लाभ र पहुँचबाट सन्तुष्ट हुने राजनीतिक पात्रसँग मेल खान्छ । नीति, सिद्धान्त वा जनउत्तरदायित्वभन्दा बढी उनीहरूका लागि सत्ता नजिकको सुविधा नै खुशीको मापदण्ड बनेको छ । नेतृत्वमा पुग्नेको चाकडीमा रमाएर भाग लिनेहरुको प्रतिनिधित्व यो अंशले गर्छ ।
‘मयूरा घनगर्जिते’ यो अंशले संकेतमै नाच्ने अवसरवादी भन्ने जनाउँछ । मयूर वर्षाको गर्जन सुन्नासाथ नाच्छ । वर्तमान राजनीतिमा यस्ता पात्रहरू सत्ताको संकेत मात्र देख्नासाथ पक्ष बदल्ने प्रवृत्तिका हुन् । मन्त्री बन्ने चर्चा, सत्ता समीकरणको हल्ला, वा शक्ति सन्तुलनको गर्जनले उनीहरूलाई सक्रिय बनाउँछ । सिद्धान्त होइन, मौकाको आह्वान नै उनीहरूको प्रेरणा हो ।‘साधवः परसम्पत्तौ’ अंशले अरूको उन्नतिमा खुशी हुने दुर्लभ चरित्र दर्शाउँछ ।
News Desk 0 response बिहिबार, चैत्र ५, २०८२
साधु अरूको समृद्धिमा खुशी हुन्छन् । राजनीतिमा यस्ता व्यक्तिहरू आज अल्पसंख्यक छन् । जो प्रतिपक्षको राम्रो कामको पनि प्रशंसा गर्न सक्छन्, जसका लागि राष्ट्रको हित पार्टीभन्दा ठूलो हुन्छ । अथवा गुट भन्दा पार्टी महत्वपूर्ण हुन्छ । तर दुर्भाग्यवश, यिनै पात्रहरू प्रायः हाँसोको विषय बनाइन्छन्, कमजोर ठहरिन्छन् ।
‘खलाः परविपत्तिषु’ यो अंशले अरूको संकटमा रमाउने बुझाउँछ । श्लोकको सबैभन्दा कठोर सत्य यहीँ छ । आजको राजनीतिक यथार्थमा, विपक्षको असफलता, विपत्ति, आर्थिक संकट वा संस्थागत विघटन पनि कतिपयका लागि खुशीको विषय बनेको छ । ‘पार्टी बिग्रियो’ भन्दा पनि उसको पराजय भयो भन्ने सोच हावी छ । यही मानसिकताले राजनीति रचनात्मक प्रतिस्पर्धा होइन, विध्वंसात्मक खेल बनेको छ । पाटी स्थार्थको रोटी सेक्ने अस्त्र बनेको छ ।
चाणक्यको यो श्लोक केवल नैतिक उपदेश होइन, आजको राजनीतिक चरित्रको ऐना हो । वर्तमान राजनीति हेर्दा साधवः कम छन् । खलाः पात्र धेरै छन् । मयूरहरू सधैं नाच्न तयार छन् । र विप्रहरू भोजन खोज्दै शक्ति वरिपरि घुमिरहेका छन् ।
जब राजनीति अथवा पार्टीका मान्छे परसम्पत्तिमा खुशी हुने साधु–स्वभावतर्फ फर्किँदैनन्, तबसम्म न लोकतन्त्र बलियो हुन्छ, न राज्य नत पार्टी नै । चाणक्यको श्लोकले आज पनि राजनीति चरित्रको परीक्षा हो, पदको होइन भन्ने सन्देश दिन्छ ।
अहिले राजनीतिभित्र एउटाको फेरो समाउँदै अर्को लाई सत्तो सराप गर्नेको बाहुल्य देखिन्छ । पार्टीबिच होस् या पार्टी भित्रको अवस्था होस् हरेक ठाउँमा यही दृष्य छ ।
अहिलेको राजनीति विचार, नीति र जनसेवाको प्रतिस्पर्धा होइन, कसको फेरो समातेर कसलाई गाली गर्ने भन्ने खेलमा सीमित हुँदै गएको छ ।
दल र नेताहरूको प्राथमिकता अब विचार होइन, नेताको फेरो हो । जो सत्तामा छ, उसैको जयजयकार हुन्छ । जो बाहिर छ, उसैको चरित्रहत्या । हिजो असफल भनिएकाहरू आज राजनीतिक परिपक्व कहलिन्छन्, र हिजोका आदर्श नेता आज गालीका पात्र बन्छन् ।
लोकतन्त्रमा आलोचना स्वस्थ हुनुपर्छ, तर अहिलेको आलोचना नीतिगत होइन, व्यक्तिगत र प्रतिशोधात्मक छ । मुद्दा उठाउनुको सट्टा धारे हात लाउने, तथ्य प्रस्तुत गर्नुको सट्टा आरोप थोपर्ने प्रवृत्तिले राजनीतिक संवादलाई अश्लील बनाएको छ । संसद् बहसभन्दा बढी सोसल मिडियाको गाली गलौज प्रभावशाली बन्नुका कारण पनि यही हो ।
सत्ता समीकरण फेरिन्छ, तर शैली उही रहन्छ । आफूसँग हुँदा महान अनि थोरै असहमत हुँदा पाडे गाली अहिलेको राजनीतिमा बढेको प्रबृत्ति हो । बिपक्षमा हुँदा जनताको पक्षको भाषण, सत्तामा पुग्दा फरक अभ्यासको निरन्तरता । यसले समस्या व्यक्ति मात्र होइन, राजनीतिक संस्कार नै विकृत भएको छ ।
एउटाको फेरो समात्ने र अर्कोलाई सराप्ने यो राजनीतिमा जनता निर्णायक होइन, दर्शक बनेका छन् । अझ असली कार्यकर्तालाई ग्लानी महसुस गराएको छ । दलका आन्तरिक नेताबिच पनि यही अवस्था छ भने दलबिच पनि यस्तै अवस्था छ । महँगी, बेरोजगारी, सेवा प्रवाहको विफलता जस्ता विषय छायामा पर्छन्, तर सत्ता समीकरण र आरोप प्रत्यारोप मुख्य एजेन्डा बन्छ ।
जब राजनीति बदला र गालीमा केन्द्रित हुन्छ, तब संस्थागत विश्वास कमजोर हुन्छ । अदालत, प्रशासन, संवैधानिक निकाय सबैमाथि राजनीतिक आरोप लाग्छन्, जसको मूल्य अन्ततः राज्यले तिर्छ ।
आजको राजनीति फेरो समात्ने कलामा त तेज छ, तर राज्य बनाउने जिम्मेवारीमा कमजोर छ । जबसम्म राजनीति नीतिमा आधारित आलोचना, सत्ता र प्रतिपक्ष दुवैमा जिम्मेवारी, र जनहित केन्द्रित प्रतिस्पर्धातर्फ फर्किँदैन,तबसम्म एउटाको फेरो समाउँदै अर्को लाई सत्तो सराप गर्ने प्रकृया कम हुँदैन ।
यो प्रवृत्ति बढ्दै जाँदा देश र जनताका समस्या उस्तै हुन्छ । केवल स्वार्थका पुजारीहरुले राज गरिरहेका हुन्छन् । समाज र देश परिवर्तनका लागि फेरो समाउने प्रकृयालाई निस्तेज पार्नु पर्दछ ।

सम्बन्धित शीर्षकहरु
-
आज आमाको मुख हेर्ने दिन
शुक्रबार, बैशाख ४, २०८३ -
अमेरिकी पहलमा इजरायल र लेबनानबीच १० दिने..
शुक्रबार, बैशाख ४, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
विश्वकपमा इरानको सहभागिता सुनिश्चित : फिफा अध्यक्ष
बिहिबार, बैशाख ३, २०८३
-
आज आमाको मुख हेर्ने दिन
शुक्रबार, बैशाख ४, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
जिब्रो छेडेर यसरी घुमे टोलटोलमा सुजन…
बुधबार, बैशाख २, २०८३ -
यूएईले १२८ जना नेपालीलाई आममाफी दियो
बुधबार, बैशाख २, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
अमेरिका र इरानबीच भएको युद्धविरामको नेपालद्वारा स्वागत
बुधबार, चैत्र २५, २०८२ -
इरान र अमेरिकाबिच दुई हप्ते युद्धविरामको सहमति
बुधबार, चैत्र २५, २०८२ -
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य..
बिहिबार, चैत्र २६, २०८२ -
सबैभन्दा कम उमेरमा उपसभामुख भइन् रुबी
शुक्रबार, चैत्र २७, २०८२



