

-
भारतले पूर्णरूपमा स्वदेशमा निर्मित पहिलो सेमीकन्डक्टर चिप सार्वजनिक गरेको छ ।
हिजो दिल्लीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशमै निर्मित पहिलो सेमीकन्डक्टर चिप ‘विक्रम ३२०१’ सार्वजनिक गरेका हुन् । यो चिप भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र चण्डीगढीमा रहेको सेमीकन्डक्टर ल्याबोरेटरीले बनाएका हुन् ।
३२–बिट माइक्रोप्रोसेसर भएको विक्रम ३२०१ अन्तरिक्ष यात्रामा प्रयोग हुने यानलगायतका कठोर परिस्थितिलाई सहन सक्ने गरी निर्माण गरेको इसरोले दाबी गरेको छ । यसले ठूलो मात्रामा मेमोरी व्यवस्थापन गर्न र जटिल कमान्डहरू कार्यान्वयन गर्न सक्नेछ । साधारणतया उन्नत सेमीकन्डक्टरहरू जटिल प्रविधिबाट निर्माण हुने भएकाले हजारौं अमेरिकी डलरसम्म पर्ने गरेका छन् । विक्रम ३२०१ को मूल्य भने खुलाइएको छैन ।
प्रधानमन्त्री मोदीले चिप सार्वजनिक गर्दै विक्रम ३२०१ ‘आत्मनिर्भर भारत’ भिजनतर्फको महत्त्वपूर्ण उपलब्धि रहेको बताए । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमीकन्डक्टर चिप उत्पादन शुरू गर्ने घोषणा गर्दै उनले भारतलाई चिप नवप्रवर्तनका लागि भविष्यको ‘ग्लोबल हब’ का रूपमा प्रस्तुत गर्ने उल्लेख गरे।
भारतले सन् २०२१ यता सेमीकन्डक्टर क्षेत्रसँग सम्बन्धित १० वटा परियोजनामा १८ अर्ब अमेरिकी डलर लगानी गरिसकेको छ । अमेरिकाले शुरू गरेको व्यापार युद्धले सेमीकन्डक्टर बजारमा समस्या आएसँगै चिपको मूल्य बढेको छ ।
भारतले सन् २०३० सम्म झन्डै ५० अर्ब अमेरिकी डलर बराबरको आफ्नो बजार धानेर पनि विश्व बजारमा महत्त्वपूर्ण हिस्सा लिने लक्ष्य राखेको छ ।
News Desk 0 response बुधबार, भदौ १८, २०८२

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



