

-
रुसी अन्तरिक्षयान ‘प्रोग्रेस एमएस–२९’ को मिसन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ९आईएसएस० मा झन्डै ६ महिनाभन्दा धेरै समय बिताएपछि रुसी ‘कार्गो’ ‘मालवाहक’ अन्तरिक्षयानले आफ्नो कार्यसम्पादन सफलतापूर्वक सम्पन्न गरेको रुसी राज्य अन्तरिक्ष संस्था रोसकोस्मोसलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
‘प्रोग्रेस एमएस–२९’ रुसले विकास गरेको मानवरहित आपूर्ति यान हो जसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आवश्यक सामान, इन्धन, उपकरण र वैज्ञानिक सामग्री पुर्याउन सहयोग गर्छ । यो ‘प्रोग्रेस एमएस’ शृङ्खलाभित्रको यान हो । ‘प्रोग्रेस एमएस–२९’ मा उन्नत नेभिगेसन, स्वचालित डकिङ प्रणाली र राम्रो सञ्चार सुविधा हुन्छ जसले यसलाई अन्तरिक्ष स्टेशनसँग सटिक र सुरक्षित रूपमा जडान हुन मद्दत गर्छ ।
यो यान सन् २०२४ नोभेम्बर २१ मा बाइकोनुर प्रक्षेपण केन्द्रबाट प्रक्षेपण भएको थियो र दुई दिनपछि अन्तरिक्ष केन्द्रमा जडान भएको थियो । यसले केन्द्रमा नयाँ वर्षको उपहार, इन्धन, पिउने पानी, वातावरणमा अक्सिजन मिलाउने नाइट्रोजन ग्याँस र वैज्ञानिक उपकरणहरू पुर्याएको थियो ।
अर्को मालवाहक अन्तरिक्ष यान ‘प्रोग्रेस एमएस–३१’ आज बाइकोनुरबाट प्रक्षेपण हुने कार्यक्रम छ, यो यान आइतवारसम्म अन्तरिक्ष केन्द्रमा पुग्ने अपेक्षा गरिएको खबरमा उल्लेख छ ।
News Desk 0 response बिहिबार, असार १९, २०८२

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



