

-
भारतले ४१ वर्षपछि अन्तरिक्षमा यात्री पठाएको छ । भारतका शुभांशु शुक्ला र अन्य तीन अन्तरिक्षयात्री एक्जियम–फो मिसन अन्तर्गत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन ९आईएसएस० का लागि प्रस्थान गरेका बीबीसीले जनाएको छ ।
यी चार अन्तरिक्षयात्री १४ दिनसम्म आईएसएसमा रहनेछन् । प्राविधिक त्रुटि र अन्य समस्याका कारण यो मिसन यसअघि धेरै पटक स्थगित भएको थियो । एक्सियम–फो को चार सदस्यीय टोलीमा अमेरिका, पोल्यान्ड र हङ्गेरीका एकरएक जना छन् ।
एक्जियम–फो मिसन एक व्यावसायिक अन्तरिक्ष उडान हो । अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा रहेको कम्पनी एक्जियम स्पेसले अमेरिकी अन्तरिक्ष निकाय नासा र अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्ससँगको सहकार्यमा यो मिसन सञ्चालन गरिरहेको छ ।
यसअघि सन् १९८४ मा रुसी मिसन अन्तर्गत अन्तरिक्षमा जाने पहिलो भारतीय राकेश शर्मा हुनुहुन्थ्यो ।
भारतले एक्जियम–४ मिसनमा एउटा सिट किन्न ५ करोड ९० लाख अमेरिकी डलर तिरेको छ । विज्ञान विज्ञ पल्लव बागलाले एक्सियम–फो ले भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन ९इसरो० लाई मानव अभियानमा मद्दत गर्ने बताउनुभएको खबरमा उल्लेख छ ।
भारतले सन् २०२७ मा पहिलो स्वदेशी मानव मिसन गगनयान अन्तरिक्षमा पठाउने लक्ष्य राखेको छ । यस्तै भारतले सन् २०३५ सम्ममा अन्तरिक्ष स्टेशन स्थापना गर्ने र २०४० सम्ममा चन्द्रमामा अन्तरिक्षयात्री पठाउने महत्त्वाकाङ्क्षी योजना पनि घोषणा गरेको छ ।
News Desk 0 response बुधबार, असार ११, २०८२

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३
-
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३



