-
अन्तरिक्षमा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी विल्मोरलाई पृथ्वीमा फिर्ता ल्याउन स्पेसएक्सले पठाएको रकेट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेको छ ।
नौ महिनाभन्दा धेरै समयदेखि आईएसएसमा फसेका दुई जना अन्तरिक्षयात्रीलाई पृथ्वीमा ल्याउन १० यात्रीसहित उडेको अमेरिकी अर्बपति एल्न मस्कको अन्तरिक्ष एजेन्सी स्पेसएक्सको रकेट आईएसएसमा पुगेको बीबीसीले जनाएको छ ।
यो टोलीले अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी विल्मोरको ठाउँ लिनेछ । दुवै यानको भेटपछि उनीहरूले अन्तरिक्षमा फसेका सुनिता र बुच विल्मोरसँग भेट गरी आपसमा खुशी साटेका छन् ।
सुनिता र बुच आठ दिनका लागि भनेर अघिल्लो वर्षको जुन ५ मा स्पेस स्टेशन गएका थिए । उनीहरू बोइङ र नासाको संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’ मा गएका थिए । तर स्पेस क्राफ्टमा प्राविधिक त्रुटि आएपछि उनीहरू पछिल्लो नौ महिनादेखि अन्तरिक्षमै रोकिएका हुन् ।
यसअघि उनीहरूको फिर्तीका लागि प्रक्षेपण गर्न खोजिएको फाल्कन–९ अन्तिम समयमा स्थगित गरिएको थियो ।
News Desk 0 response आइतवार, चैत्र २, २०८१

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३