

-
चीनको चिकित्सा उपकरण बजार एक दशमलव २७ ट्रिलियन यूआन पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । अघिल्लो वर्ष सन् २०२३ मा चीनको चिकित्सा उपकरणको बजार कुल एक दशमलव २७ ट्रिलियन यूआन अर्थात् १७९ बिलियन अमेरिकी डलर रहेको सार्वजनिक तथ्याङ्कले देखाएको हो ।
चीनको दक्षिणपश्चिम चोङकिङ सहरमा हिजोदेखि शुरु भएको चाइना मेडिकल इक्विपमेन्ट सम्मेलनमा चिकित्सा उपकरणको संस्था चाइना एसोसिएसनले पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको हो । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १० दशमलव ४ प्रतिशतले धेरै रहेको सङ्घले जनाएको छ ।
चीन चिकित्सा उपकरणको लागि विश्वको दोस्रो ठूलो एकल बजार बनेको छ । चीनमा मध्यदेखि उच्चसम्मको चिकित्सा उपकरणको उत्पादनमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएका र यसमा नवीन चिकित्सा उपकरणहरू तीव्र गतिमा विकास भएको पाइएको सङ्घ अध्यक्ष होउ यानलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सन् २०२३ मा, चीनमा एक लाख ३८ हजार चिकित्सा उपकरण पेटेन्ट आवेदनहरू थिए । जुन विश्वका सबै पेटेन्ट आवेदनहरूको ६७ प्रतिशत प्रतिनिधित्व हुन्छ । पेटेन्टको अर्थ कुनै वस्तु आविष्कारक वा उत्पादकलाई सरकारले निश्चित अवधिसम्म त्यो वस्तु उत्पादन, प्रयोग र बिक्रीका लागि दिने अधिकार हो ।
नयाँ आविष्कार वा वस्तु आफ्नो नाममा दर्ता गरेपछि निश्चित समयसम्म त्यसको उत्पादन, उपयोग र बिक्री गर्ने अधिकार सुरक्षित हुन्छ । कसैले नक्कल गरेमा जरिवाना तिर्नुपर्छ ।
News Desk 0 response शनिबार, चैत्र १७, २०८०


सम्बन्धित शीर्षकहरु
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
युक्रेनसँग वार्ता सम्भव छ तर जेलेन्स्कीको उपस्थिति..
बुधबार, माघ १६, २०८१