

-
चीनको चिकित्सा उपकरण बजार एक दशमलव २७ ट्रिलियन यूआन पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । अघिल्लो वर्ष सन् २०२३ मा चीनको चिकित्सा उपकरणको बजार कुल एक दशमलव २७ ट्रिलियन यूआन अर्थात् १७९ बिलियन अमेरिकी डलर रहेको सार्वजनिक तथ्याङ्कले देखाएको हो ।
चीनको दक्षिणपश्चिम चोङकिङ सहरमा हिजोदेखि शुरु भएको चाइना मेडिकल इक्विपमेन्ट सम्मेलनमा चिकित्सा उपकरणको संस्था चाइना एसोसिएसनले पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको हो । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १० दशमलव ४ प्रतिशतले धेरै रहेको सङ्घले जनाएको छ ।
चीन चिकित्सा उपकरणको लागि विश्वको दोस्रो ठूलो एकल बजार बनेको छ । चीनमा मध्यदेखि उच्चसम्मको चिकित्सा उपकरणको उत्पादनमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएका र यसमा नवीन चिकित्सा उपकरणहरू तीव्र गतिमा विकास भएको पाइएको सङ्घ अध्यक्ष होउ यानलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सन् २०२३ मा, चीनमा एक लाख ३८ हजार चिकित्सा उपकरण पेटेन्ट आवेदनहरू थिए । जुन विश्वका सबै पेटेन्ट आवेदनहरूको ६७ प्रतिशत प्रतिनिधित्व हुन्छ । पेटेन्टको अर्थ कुनै वस्तु आविष्कारक वा उत्पादकलाई सरकारले निश्चित अवधिसम्म त्यो वस्तु उत्पादन, प्रयोग र बिक्रीका लागि दिने अधिकार हो ।
नयाँ आविष्कार वा वस्तु आफ्नो नाममा दर्ता गरेपछि निश्चित समयसम्म त्यसको उत्पादन, उपयोग र बिक्री गर्ने अधिकार सुरक्षित हुन्छ । कसैले नक्कल गरेमा जरिवाना तिर्नुपर्छ ।
News Desk 0 response शनिबार, चैत्र १७, २०८०

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



