

-
काठमाण्डौ : कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन्।
कोरोनापछि राहातको सास फेरिरहेकाहरुलाई फेरि वैज्ञानिकहरुको यस्तो चेतावनी अर्को त्रास उत्पन्न गरेको छ। यसले अहिले विश्वभर फेरि स्वास्थ्य सुरक्षाको विषयमा लिएर नयाँ बहस सुरु भएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सम्भावित महामारीलाई ‘डिजिज एक्स’ नाम दिएको छ। डब्ल्यूएचओले डिजिज एक्स विश्वभर फैलिन थालेको चेतावनी पनि दिएको छ।
बेलायतका स्वास्थ्यविज्ञहरुले यो महामारी विश्वभर छिट्टै फैलिन सक्ने चेतावनी दिएका छन्। ‘यो कोरोनाभन्दा निकै घातक हुन सक्छ’, उनीहरुले भनेका छन्, ‘सन् १९१८–२०मा स्पेनिस फ्लुले विश्वभर ५ करोड मानिसको ज्यान लिएको थियो। डिजिज एक्सबाट त्यति नै संख्यामा मानिसको ज्यान जान सक्छ।’
बेलायतको भ्याक्सिन टास्कफोर्सका अध्यक्ष डेम केट बिंघमले डिजिज एक्स कोरोनाभन्दा ७ गुणा अधिक घातक हुन सक्ने बताए। ‘बेलैमा स्वास्थ्य सावधानी नअपनाए ५ करोडभन्दा बढीको ज्यान जान सक्छ’, उनले भने।
डब्ल्यूएचओको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट ७० लाख मानिसको ज्यान गएको थियो। अब आउने महामारीले थप चिन्ता बढाएको बिंघमले बताए।
डिजिज एक्स इन्फेक्सनबाट फैलिन महामारी रहेको वैज्ञानिकहरुले बताएका छन्। यो इन्फेक्सन कहाँबाट उत्पन्न भयो भन्नेबारे अझै पनि पत्ता लागेको छै। ‘यो एउटा अज्ञात भाइरस हो, यो जीवाणु, ब्याक्टेरिया वा फंगसबाट फैलिन सक्छ’, डब्ल्यूएचओले भनेको छ।
यो महामारी छिट्टै एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने वैज्ञानिकहरुको भनाइ छ। यो जंगली वा घरपालुवा जनावबाट मानिसमा सर्न सक्ने अनुमान गरिएको छ।
हाले डिजिज एक्सका बारेमा वैज्ञानिकहरुले निगरानी बढाएका छन्। –एजेन्सी
News Desk 0 response बिहिबार, अशोज ११, २०८०

सम्बन्धित शीर्षकहरु
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
बुधबार, जेष्ठ २७, २०८३-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



