

-
रुसले कब्जा गरेको खार्किभ क्षेत्रभित्रका ३० वटा ठाउँका दर्जनौँ गाउँ फिर्ता ल्याएको युक्रेनले दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले खार्किभको एक हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता गरेको र ५० किलोमिटर अघि बढेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।
युक्रेनले अब रुसलाई अन्य क्षेत्र कब्जा गर्न नदिने र उसले कब्जा गरेको भूमि फिर्ता गर्ने अभियान चलाएको घोषणा गरेको छ । खार्किभमा अपेक्षा गरेभन्दा छिटो सफलता मिलेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।
समाचारको पुष्टि गर्न युक्रेनले पत्रकारलाई प्रवेश अनुमति दिएको छैन । सरकारी अधिकारीहरूले खार्किभमा युक्रेनी झण्डा फहराउँदै गाडी कुदेको र युक्रेनी सैनिकले खुसीयाली मनाएको भिडियो पोस्ट गरेका छन् । युक्रेनी सेना एक रेलमार्गको नजिकै पुगेका छन्, रेलमार्ग कब्जा गर्न सकेमा रुसी सेनाको बन्दोबस्तीका सामान ढुवानी हुन नपाउने र उनीहरू थप समस्यामा पर्ने देखिएको खबरमा उल्लेख छ ।
अमेरिका र युरोपका सहयोगीले दिएका अत्याधुनिक हतियार तथा युक्रेनी सेनाको बढ्दो मनोबलका कारण ठाउँ–ठाउँबाट शत्रुलाई लखेट्न सफलता मिलेको युक्रेनी राष्ट्रपतिको भनाइ छ । तर रुसले भने पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा पुनः ठूलो सङ्ख्यामा सेना तैनाथ गरेको छ । युक्रेनको दाबीलाई अस्वीकार गर्दै रुसले खार्किभमा आफ्नो सेनाको कब्जा यथावत् रहेको र थप सैनिक परिचालन गरिएको जनाएको खबरमा उल्लेख छ ।
News Desk 0 response शनिबार, भदौ २५, २०७९

सम्बन्धित शीर्षकहरु
-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३
-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३


