

-
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक जेल चलान भएका छन् । मलेसियाको उच्च अदालतले पुनरावेदनसम्बन्धी निवेदन खारेज गरेपछि रजाक १२ वर्षका लागि जेल चलान भएका हुन् ।
प्रधानन्यायाधीश तेङ्ग्कु मैमुन तुअन म्याटले पुनरावेदन सर्वसम्मतिले खारेज गरिएको बताएका छन् । सरकारी स्वामित्वको स्वास्थ्य कोष वान एमडीबीको रकम हिनामिना गरेको अभियोगमा उनी सन् २०२० मा मलेसियाली अदालतबाट दोषी ठहर भएका थिए । सन् २०२० को जुलाईमा दोषी ठहर भएका ६९ वर्षीय रजाक अपीलपछि जमानतमा रिहा भएका थिए । आफूविरुद्धको आदेश कार्यान्वयनमा ढिलाइ गर्न उनले गरेको अपीललाई पनि अदालतले अस्वीकार गरिदिएको बीबीसीले जनाएको छ ।
अदालतले पूर्वप्रधानमन्त्री नजिबलाई विभिन्न सातवटा अभियोगमा दोषी पाएको थियो । मुद्दाको केन्द्रमा ४ करोड २० लाख रिङ्गिट रकम थियो जुन वान एमडीबीको पूर्व इकाइ एसआरसी इन्टरनेश्नलबाट रजाकको व्यक्तिगत खातामा पठाइएको थियो । अदालतले उनलाई १२ वर्ष जेलसजाय र २१ करोड रिङ्गिट जरिवाना सुनाएको थियो । रजाकका वकिलहरूले उनको निजी खातामा पठाइएको रकम सरकारी कोषको नभई साउदी राजपरिवारको तर्फबाट दानमा आएको दाबी गरेका थिए ।
रजाककी श्रीमती रोश्मा मन्सुरले पनि सम्पत्ति शुद्धीकरण र एक सौर्य ऊर्जा परियोजनामा कर छलीको फरक मुद्दाहरू खेपिरहेकी छिन् । तर यसमा आफू दोषी नभएको उनको दाबी छ । उच्च अदालतले सेप्टेम्बर १ मा उनीमाथि चलिरहेको मुद्दामा पनि फैसला सुनाउने तय गरेको छ ।
News Desk 0 response बुधबार, भदौ ८, २०७९

सम्बन्धित शीर्षकहरु
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


