• काठमाडौं : भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित भएका छन् ।

    हिजो भएको मतदानबाट पश्चिम बङ्गालका पूर्व गभर्नर धनखर नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

    उपराष्ट्रपतिका विपक्षी उम्मेदवार मार्गरेट अल्भालाई ३ सय ४६ मतले पराजित गर्दै धनखर उपराष्ट्रपतिमा चयन भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    खसेको सदर ७ सय १० मतमध्ये धनखरले ५ सय २८ र विपक्षी उम्मेदवार मार्गरेट अल्भाको १ सय ८२ मत मात्र आयो। १६औँ उपराष्ट्रपति चुनावका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७ सय ८० सांसदमध्ये ७ सय २५ सांसदले मतदान गरेकोमा पन्ध्र मत अमान्य भएको घोषणा गरिएको थियो।

    भारतमा नयाँ उपराष्ट्रपतिका लागि हिजो मतदान भएको थियो । धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो । यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।