

-
चीनले आज शुक्रवार पनि ताइवानको टापु वरिपरि क्षेप्यास्त्र प्रहार गरेको छ । आज दोस्रो पटक प्रहार गरिएको क्षेप्यास्त्रले ताइवान टापु पार गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
चीनको सैन्य सम्बद्ध राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका प्राध्यापक मेङ सियाङकिङले क्षेप्यास्त्र ताइवान टापु पार गरेको र यो पहिलो पटक भएको बताए । चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ । सेनाले अभ्यासका क्रममा लडाकु र बम वर्षा गराउने यन्त्रसहित एक सयभन्दा बढी युद्धविमान तथा १० भन्दा बढी विनाशक र युद्ध पोतहरू लगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चिनियाँ अभ्यासमा नौसेना, वायुसेना, रकेट फोर्स, रणनीतिक समर्थन बल र लजिस्टिक सपोर्ट फोर्सका सेनाहरू सहभागी छन् । चिनियाँ सेनाले मध्यरेखा पार गरेर अभ्यास गरिरहेका छन् । मध्यरेखा एक अनौपचारिक तर पालन गरिएको सीमा हो जसले ताइवान र चीनलाई अलग गर्छ ।
अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि हिजो बिहीवारदेखि चीनले ताइवान वरिपरिको टापुमा सैन्य अभ्यास सुरु गरेको छ ।
News Desk 0 response शुक्रबार, साउन २०, २०७९

सम्बन्धित शीर्षकहरु
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


