

-
काठमाडौं । बाटो मर्मतको कारण साबिकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौंको सडमा फोहर अझै उठेको छैन ।
सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौंको मुख्य चोकमा फोहर थुप्रिन थालेको हो । मुख्यगरी अनामनगर, कलङ्की, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहर थुप्रिन थालेको छ ।
यही असार ४ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारीसाधन चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको हो । उक्त बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले कही दिन सबै स्थानको फोहर व्यवस्थापन गर्न कठिन बनेको हो ।
त्यसैगरी बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् । समयमा नै सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको ग्यारेन्टी जस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् ।
कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहर यहीँ व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ । त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ ।
यसअघि हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो । सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिक टन फोहर निस्कने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको थियो ।
News Desk 0 response शनिबार, साउन १४, २०७९

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



