

-
श्रीलङ्का सरकारले सङ्कटमा परेको देशमा ‘सर्वदलीय’ सरकार गठन गर्ने प्रयासमा बिहीवार विपक्षी दलहरूसँग वार्ता सुरु गरेको छ ।
नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिङ्घेले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) सँग ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता गरेका र यो प्रक्रिया देशका अन्य दल तथा समूहसँग पनि जारी रहने र एक हप्तामा पूरा हुने अपेक्षा गरिएको स्रोतलाई उद्धृत गर्दै डेली मिररले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल सामागी जाना बालावेगया (एसजेबी) ले भने सरकारमा सहभागी नहुने जनाइसकेको छ । तथापि यसका केही सांसदहरू व्यक्तिगत रूपमा सरकारमा सामेल हुनसक्ने विश्लेषकहरूले बताएका छन् ।
सांसद विमल विरावाणसाको नेतृत्वमा राष्ट्रिय स्वाधीनता मोर्चा ९एनएफएफ० ले पनि हिजो राष्ट्रपतिलाई सकारात्मक सङ्केत पठाएको सरकारले जनाएको छ । उनले विक्रमासिङ्घेलाई समर्थन गर्ने वचन दिएका थिए । लिखित रूपमा सरकारलाई दिएको जानकारीमा सांसद वीरावाणसाले देशलाई दुई वटा मात्र विकल्प बाँकी रहेको बताए । डेली मिररले वीरावाणसालाई उद्धृत गरी लेखेको छ, ‘हाइटीमा जस्तै अराजक परिस्थितिको बाटोबाट राजनीतिक नेतृत्व अघि बढ्ने वा कम्तीमा पनि अन्तिम समयमा सहमतिमार्फत वर्तमान गडबडीबाट त्यसलाई समाधान दिन तयार हुने भन्ने निर्णय श्रीलङ्काको राजनैतिक नेतृत्वले सोच्नु जरुरी छ ।’
यस सन्दर्भमा एनएफएफले राष्ट्रपतिका लागि प्रस्तावहरू पेस गरेको थियो । एनएफएफले जुलाई २० मा राष्ट्रपति चयनका लागि मतदानमा सांसद दुलास अलाहाप्परुमालाई समर्थन गरेको थियो । यद्यपि जुलाई २७ मा संसदमा आकस्मिक नियमका लागि मतदान गर्दा पार्टीले अर्कै अडान लियो ।
न्युज वायरका अनुसार देशका विभिन्न विषयलाई सम्बोधन गर्न सर्वदलीय सरकारको स्थापना गर्न वीरावाणसाले थप आह्वान गरेका छन् । विक्रमसिङ्घे २० जुलाईमा भएको संसदीय मतदानमा दक्षिण एसियाली देश श्रीलङ्काको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
त्यसको एक दिनपछि उनले शपथ लिएका हुन् । जुलाई ९ मा प्रदर्शनकारीको भिडले उनको निवासमा आक्रमण गरेपछि ७३ वर्षीय गोटाबाया राजपाक्ष माल्दिभ्स हुँदै सिङ्गापुर पुगेर राजीनामा दिएपछि बिक्रमासिङ्घे नयाँ श्रीलङ्काली राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए ।
यति बेला श्रीलङ्काले बढ्दो आर्थिक सङ्कटको सामना गरिरहेको छ । सरकारले आफ्नो विदेशी ऋण चुक्ता गर्न वैदेशिक मुद्राको चलन गरेपछि सरकारले त्यसपछि खाद्यान्न, इन्धनलगायतका अतिआवश्यक सामग्री खरिदका लागि समेत डलरको व्यवस्था गर्न सकिरहेको छैन भने संयुक्त राष्ट्र सङ्घले श्रीलङ्कामा ५७ लाख मानिसहरूलाई ‘तुरुन्तै मानवीय सहयोगको आवश्यकता पर्ने’ चेतावनी दिँदै आएको छ ।
News Desk 0 response शुक्रबार, साउन १३, २०७९

सम्बन्धित शीर्षकहरु
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


