

-
रुसले ग्यास कटौती गरेपछि युरोपका देश समस्यामा पर्न थालेका छन् । रुसको मुख्य ग्यास निर्यात कम्पनी गाजप्रोमले सबैभन्दा ठूलो पाइपलाइन नर्ड स्ट्रिम १ बाट हुने निर्यातमा व्यापक कटौती गरेपछि युरोपका देश समस्यामा परेका हुन् ।
आउँदो जाडोयामका लागि युरोपका धेरै देशले ग्यास भण्डारणलाई पूर्ण क्षमतामा भर्न चाहेका छन् तर रुसले निर्यात रोक्दा समस्यामा परेको बीबीसीले जनाएको छ । गएको वर्ष युरोपमा खपत भएको ग्यासको ४० प्रतिशत माग रुसले धानेको थियो । रुसले युक्रेनमा आक्रमण गरेको विरोधमा युरोपेली सङ्घ ९ईयू० ले उसलाई कडा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको बदलामा रुसले ग्यास निर्यातमा कटौती गरेको छ । मागअनुसारको ग्यास उपलब्ध नभएपछि युरोपमा मूल्य बढेको छ ।
यसैबीच रुसले ग्यासमा राजनीति गरिरहेको भन्दै युरोपेली सङ्घका ऊर्जामन्त्रीहरूले प्रयोग घटाउने सहमति गरेका छन् । आज भएको वार्तापछि युरोपका ऊर्जामन्त्रीहरूले यही अगस्टदेखि आउँदो मार्च महिनासम्म ग्यासको प्रयोगमा १५ प्रतिशतले कमी ल्याउने सहमति गरेका छन् ।
जाडोयाममा ग्यासको प्रयोग घटाउने विषय चुनौतीपूर्ण भए पनि असम्भव नरहेको युरोपेली सङ्घका ऊर्जामन्त्रीहरूले जनाएका छन् । तर ग्यास पाइपलाइनको सञ्जालमा नरहेका र वैकल्पिक ऊर्जाको सम्भावना कम रहेका देशलाई भने प्रयोग घटाउन बाध्य नपारिने खबरमा उल्लेख छ ।
News Desk 0 response मङ्लबार, साउन १०, २०७९

सम्बन्धित शीर्षकहरु
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


