

-
युक्रेनमा रुसको सैन्य लक्ष्य ‘केवल’ पूर्वमा मात्र केन्द्रित नरहने रुसले जनाएको छ ।
विदेशमन्त्री सर्गेई लाभरोभले भने, ‘पश्चिमी हतियारको आपूर्तिले क्रेमलिनको अपेक्षामा परिवर्तन आएको छ । लाभरोभले रसियन सञ्चारमाध्यमलाई दिएको अन्तवार्तामा भने, ‘अहिले भूगोल फरक छ । यो डोनेट्स्क पिपुल्स रिपब्लिक (डीएनआर) र लुगान्स्क पिपुल्स रिपब्लिक (एलएनआर) को बारेमा मात्र नभइ खर्सन क्षेत्र, जापोरिज्हिया क्षेत्र र अन्य धेरै क्षेत्रहरूको बारेमा पनि हो । यो प्रक्रिया निरन्तर रूपमा चलिरहेको छ ।’
मस्को समर्थकको बाहुल्यता रहेको डोनेट्स्क र लुगान्स्क पूर्वी युक्रेनमा छन् । रुसी सेनाहरूले दक्षिणी खर्सन क्षेत्र र दक्षिणपूर्वी क्षेत्र जापोरिज्हियाका केही भागहरूलाई पनि नियन्त्रण गरिसकेका छन् ।
लाभरोभका अनुसार मस्कोको लक्ष्य युक्रेनलाई ‘नाजी र सैन्य’ मुक्त बनाउने पूरानो नै रहेको भए पनि मार्च २०२२ मा मस्को र कीभबीच इस्तानबुल वार्ता भएदेखि ‘भूगोल’ परिवर्तन भएको छ ।
रुसी विदेशमन्त्री लाभरोभले भने, ‘किएभलाई अमेरिका निर्मित हिमार्स क्षेप्यास्त्र प्रणालीलगायत पश्चिमी हतियारहरूको आपूर्तिपछि मस्कोले आफ्नो योजनाहरूको पुनरावलोकन गरेको छ । यदि पश्चिमले युक्रेनलाई हतियार आपूर्ति गरिरह्यो भने रुसको भौगोलिक लक्ष्य वर्तमान रेखाबाट अझ टाढा जानेछ।’
लाभरोभले भने, ‘हामी युक्रेनको भागलाई युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की वा उनका उत्तराधिकारीले नियन्त्रण गरेमा वा रुसी इलाका तथा आफू स्वतन्त्र भएको घोषणा गरिसकेका डोनेस्क र लुगान्स्कलगायतका ठाउँमा हतियार राख्दा ती इलाकालाई प्रत्यक्ष खतरा उत्पन्न गर्ने भएकाले रुसले यसविरूद्ध लडिरहेको हो ।’
युक्रेनमा भएको आक्रमणको सुरुवातमा राजधानी किएभ लिन नसकेपछि रुसले आफ्नो सैन्य आक्रमण डोनेट्स्क र लुगान्स्कका पूर्वी क्षेत्रमा केन्द्रित गरेको छ । जुलाईको सुरुतिर मस्कोले लुगान्स्कमाथि पूर्ण नियन्त्रण भएको घोषणा गरेको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेनमा रुसी फौज पठाइ युक्रेनविरूद्धको युद्ध सुरु गरेका थिए ।
News Desk 0 response बुधबार, साउन ४, २०७९

सम्बन्धित शीर्षकहरु
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


