

-
गम्भीर आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा यही जुलाई २० तारिख अर्थात् आउँदो बुधवार चुनाव हुने भएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाड्दै राजीनामा दिएपछि आउँदो बुधवार नयाँ राष्ट्रपति चुन्न संसदमा मतदान हुने भएको एनडीटीभीले जनाएको छ । राष्ट्रपतिका लागि पर्सि मङ्गलवारसम्म उम्मेदवारी दर्ता गर्न सकिने खबरमा उल्लेख छ ।
कार्यवाहक राष्ट्रपतिको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । यस्तै मुख्य विपक्षी दलका साजित प्रेमदासाले पनि उम्मेदवारी दिएका छन् ।
दुई सय २५ सदस्यीय संसदमा पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेको दल पोदुजाना पेरुमुनाका एक सय ४५ सांसद रहेका छन् । राजापाक्षेको दललाई अरू सात जना सांसदको पनि समर्थन रहेको छ । राष्ट्रपति चयनका लागि एक सय १३ मत आवश्यक पर्छ ।
यसअघि आफू मात्रै सांसद रहँदा रहँदै पनि युनाइटेड नेशनल पार्टीका सांसद विक्रमासिङ्घे प्रधानमन्त्री बनेका थिए । राष्ट्रपतिमा पनि विक्रमासिङ्घेले जित्ने पक्का जस्तै छ । प्रदर्शनकारीले भने पूर्वराष्ट्रपति राजापाक्षेकै साझेदार व्यक्ति भएकाले उनलाई स्वीकार नगर्ने चेतावनी दिइसकेका छन् ।
आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका थिए, यस्तै प्रधानमन्त्री विक्रमासिङ्घेको निवासमा आगजनी र प्रधानमन्त्री कार्यालय पनि कब्जामा लिएका थिए । कब्जामा लिएका ठाउँ अहिले उनीहरूले छाडिसकेका छन् ।
News Desk 0 response आइतवार, साउन १, २०७९

सम्बन्धित शीर्षकहरु
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


