

-
प्रदर्शन चर्किएपछि माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे त्यहाँबाट सिङ्गापुर जाने तयारीमा छन्।
प्रदर्शनकारीले राष्ट्रपति कार्यालय नै कब्जा गरेपछि उनी भागेर माल्दिभ्स पुगेका थिए । राजापाक्षेसँगै उनकी श्रीमती र दुई अङ्गरक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन् ।
राजापाक्षे देशबाट भागेपछि राजनीतिक सङ्कट थप गहिरिएको छ । तत्काल सङ्कट टर्ने सङ्केत देखिएको छैन । श्रीलङ्कामा अहिले आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । श्रीलङ्काको सेना र पुलिस प्रशासनले संसद्का सभामुखलाई सर्वदलीय बैठक बोलाउन र राजनीतिक समाधान सुनिश्चित गर्न चाल्ने कदमबारे तत्काल जानकारी दिन आग्रह गरेको छ ।
राजनीतिक उथलपुथल र प्रदर्शनका कारण श्रीलङ्कामा देशव्यापी कर्फ्यु लगाइएको छ । प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले सरकार र प्रतिपक्ष दुवैलाई स्वीकार्य प्रधानमन्त्री मनोनयन गर्न संसद्का सभामुखलाई आग्रह समेत गरेका छन् ।
सयौँ प्रदर्शनकारीले कोलम्बोमा रहेको प्रधानमन्त्रीको कार्यालयमा पनि कब्जा गरेका छन् । उनीहरुले प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग गर्दै आएका छन् । प्रधानमन्त्री विक्रमासिङ्घेले उग्र प्रदर्शनकारीलाई पक्राउ गर्न ठाडो आदेश दिएको त्यहाँको पत्रिका डेली मिररले जनाएको छ ।
श्रीलङ्काको विपक्षी दलका नेता सजिथ प्रेमादासले प्रधानमन्त्री विक्रमासिङ्घेले राष्ट्रपतिको अधिकार प्रयोग गर्न नपाउने दाबी गरेका छन् ।
News Desk 0 response बिहिबार, असार ३०, २०७९

सम्बन्धित शीर्षकहरु
-
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३ -
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३
-
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३ -
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३



