• रुस चीनलाई सबैभन्दा बढी तेल बेच्ने देश बनेको छ । यसअघि चीनले सबैभन्दा धेरै तेल साउदी अरबबाट आयात गर्दै आएकोमा अहिले रुसबाट धेरै तेल ल्याउन थालेको बीबीसीले जनाएको छ ।

    पछिल्लो समय चीनले आयात गर्ने तेलमध्ये रुसबाट आउने तेलको हिस्सा ५५ प्रतिशत पुगेको छ । अमेरिकासहित पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाएपछि चीनले रुसी तेलको आयात बढाएको हो । रुसले चीनलाई तेलमा धेरै छुट दिएको पनि बीबीसीले जनाएको छ ।

    रुस र चीन उत्तर एट्लान्टिक सन्धि सङ्गठन ९नेटो० को विस्तारविरुद्ध एकजुट भएका छन् । यही कारण चीनले रुसी तेलको आयात बढाइरहेको छ । रुसी अर्थतन्त्रको ठूलो हिस्सा तेल निर्यात हो ।

    चीनमा रुसबाट इस्ट साइबेरिया प्यासिफिक ओसन पाइपलाइन र समुद्री मार्ग हुँदै तेल आयात हुन्छ । पश्चिमा देशहरूले रुसी तेलमा प्रतिबन्ध लगाउँदा रुसी अर्थतन्त्र कमजोर हुने बताए पनि यसको असर विश्व बजारमै परेको छ ।