

-
संयुक्त राष्ट्रसंघीय यूक्रेनी आयोगले रुसी सेनाद्वारा मानव अधिकार हननका अनेक आरोपहरू प्राप्त भएको तर ती युद्ध अपराध हुन् वा होइनन् हतारमा निष्कर्षमा पुग्न नहुने बताएको छ ।
आयोगका अध्यक्ष एरिक मोसेले कीभमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “बुचा र इर्पिनमा आयोगले आम नागरिकको अन्धाधुन्ध हत्या, सम्पत्तिको विनाश र लुटपाटका साथै विद्यालयलगायतका पूर्वाधारमा आक्रमण भएको जानकारी प्राप्त भएको छ ।” उहाँले भन्नुभयो, “खारकिभ र सुमी क्षेत्रका ठूला सहरी केन्द्रहरूको विनाशको अवलोकन गरेको छ ।
अध्ययनले हवाई आक्रमण, आम नागरिकविरुद्धका आक्रमण वा क्षेप्यास्त्र हमला भएका भन्ने बलिया आधारहरू भेटाएको छ ।” तर मोशाले मार्चमा कीभ नजिकै घटेका घटनाहरूको पूर्ण कानूनी आधार प्रदान गर्ने स्थितिमा संयुक्त राष्ट्रसंघ अहिले नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आयोगले संकलन गरेको प्रमाणहरू युद्ध अपराध र मानवताविरुद्ध अपराधसहित मानवअधिकार उल्लङ्घनका आरोपहरूलाई पुष्टि गर्नसक्ने आधारहरू बन्न सक्छन् ।” बुचा, इर्पिन, खार्किभ र सुमिको भ्रमणका क्रममा आयोगले नागरिकबाट साक्षी बयान संकलन गर्नुका साथै स्थानीय अधिकारी तथा नागरिक समाजका संगठनहरूसँग पनि भेटघाट गरेको थियो । आयोगका सदस्य पाब्लो डे ग्रिफले भन्नुभयो, “उदाहरणका लागि आम विनाशको साक्षी दिनु वा जानाजानी हत्याको विवरण प्राप्त गर्नु एउटा कुरा हो, तर यी तथ्यहरूको कानुनी आधारसहित निर्णयमा आउनु अर्कै कुरा हो ।” युक्रेनमा फेब्रुअरी र मार्चमा भएका घटनाहरूको जाँच गर्ने जिम्मेवारी पाएको आयोग आगामी महिना आफ्नो कामलाई निरन्तरता दिन स्वदेश फर्कनेछ ।
संयुक्त राष्ट्रसंघको अनुगमन युक्रेनमा संभावित युद्ध अपराधको विभिन्न अन्तर्राष्ट्रिय अनुगमनहरूमध्ये एक हो । यसमा अपराधमामिला हेर्ने अन्तरराष्ट्रिय अदालत (आईसीसी) द्वारा खोलिएको एउटा जाँच पनि समावेश छ जसको अभियोजनकर्ता करीम खान हालै खारकिभ जानुभएको थियो ।
यूक्रेनका महाधिवेशन जनरल इरिना भेनेडिक्टोभाले बुधबार भन्नुभयो, “वकिल खानले अपराध स्थलको सावधानीपूर्वक अनुगमन तथा जानकारी सङ्कलन गर्दै छन् र हाम्रा अभियोजनकर्ताहरूलाई महत्वपूर्ण प्रश्नहरू सोधिरहनुभउको छ ।” खानले खारकिभ छिमेकमा रहेको एक बस्तीमा भ्रमण गरी एकै स्थानमा केटाकेटीसहित नौ जना सर्बसाधारणको मृत्यु हुनेगरी भएकोे आक्रमणबारे अनुसन्धान गरिरहनुभएको बताइएको छ ।
उक्त आक्रमणमा पाँच महिने बालकसहित मे २६ मा भएको बम विस्फोटनमा घाइते भएका अन्य १७ जनाबारे पनि अनुसन्धान भइरहेको छ ।
News Desk 0 response बुधबार, असार १, २०७९

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


