

-
काठमाडौं : रुसले युक्रेनमा आक्रमण थालेको आज सय दिन पुगेको छ । रुसले गएको फेब्रुअरी २४ तारिख अर्थात फागुन १२ गतेदेखि युक्रेनमा आक्रमण सुरु गरेको थियो । रुसी सेनाले युक्रेनमा जल, थल र आकास तीन तिरबाटै आक्रमण गर्दै आएको छ ।
रुसले लामो समयदेखि युरोपेली सङ्घ र पश्चिमी देशहरूको रक्षात्मक सैन्य गठबन्धन नेटोले उक्त कदमको विरोध गर्दै आएको छ । ४ करोड ४० लाख जनसङ्ख्या भएको युरोपेली देश युक्रेनमा अहिलेसम्म हजारौँ मानिसको ज्यान गएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् ।
संयुक्त राष्ट्र सङ्घका अनुसार झण्डै डेढ करोड युक्रेनी घर छाड्न बाध्य भएकोमा ६८ लाखले देश नै छाडेर विस्थापित भएका छन् । भौतिक संरचना पनि ध्वस्त भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको २० प्रतिशत भू–भाग रुसी फौजको नियन्त्रणमा पुगेको बताउनुभएको छ । उहाँका अनुसार यो भू–भाग बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको कुल क्षेत्रफल भन्दा धेरै हो ।
जेलेन्स्कीले झण्डै १ लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र मस्कोको हातमा पुगेको पछिल्लो जानकारी गराउनुभएको हो । त्यसमा सन् २०१४ मै रुसले कब्जा गरेका क्राइमिया र पूर्वी युक्रेनका केही भाग समेत समावेश गरिएको छ । यतिखेर सेभेरोडोनेट्स्क सहरमा लडाइँ तीव्र छ ।
युक्रेनले युद्धमा ३० हजारभन्दा धेरै रुसी सैनिकको ज्यान गएको दाबी गरेको छ भने रुसले खण्डन गरी आफ्ना १ हजार ३ सय सेनाको ज्यान गएको बताएको छ।
News Desk 0 response शुक्रबार, जेष्ठ २०, २०७९

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


