

-
काठमाडौं : देशमा जारी आर्थिक सङ्कटबाट पार पाउने प्रयासस्वरूप श्रीलङ्काले इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन भारतसँग अनुरोध गरेको छ । त्यो रकम प्राप्त गर्न श्रीलङ्का सरकारले भारतसँग वार्ता गरिरहेको छ ।
भारतका लागि श्रीलङ्काका उच्चायुक्त मिलिन्दा मोरागोडाले गएको हप्ता भारतका अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटवार्तामा थप ऋण सहयोगबारे अनुरोध गरेका थिए । यसअघि भारतले प्रदान गरेको ५० करोड अमेरिकी डलरको यो अतिरिक्त रकम हो । अतिरिक्त ऋणका लागि श्रीलङ्काली उच्चायुक्तले वार्ता गरेका हुन् ।
श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । आर्थिक मन्दीले पिरोलिएको टापु राष्ट्र कोभिड–१९ महामारीका कारण थप प्रभावित भयो भने महामारीको समयमा पर्यटन उद्योग सञ्चालन नहुँदा विदेशी मुद्राको सञ्चिति सकिएसँगै ऋण सहायताका निम्ति छिमेकी भारतलाई गुहार्नु परेको हो ।
विदेशी मुद्राको अभावमा देशलाई पर्याप्त इन्धन किन्न असमर्थ मात्र बनाएन सर्वसाधारणलाई खाना पकाउने ग्यास, खाद्यान्न र अन्य आधारभूत आवश्यकता पूरा गर्न हम्मेहम्मे परेको छ । आधारभूत आवश्यकता पूरा हुन नसक्दा धेरैजसो श्रीलङ्कालीको जीवन कष्टकर बनेको छ ।
भारतले अत्यावश्यक सामग्री आयातका लागि अर्को एक अर्ब अमेरिकी डलरको ऋण प्रस्ताव गरेको तथा त्यसमध्ये २० करोड डलर इन्धन आयातमा खर्च हुनेछ । यो टापु राष्ट्रले डिजल र पेट्रोलका अहिलेसम्म ७० करोड अमेरिकी डलर खर्च गरिसकेको छ । यो रकम पनि भारतबाट ऋणस्वरुप प्राप्त भएको थियो ।
यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आफ्नो देशमा भइरहेको आर्थिक सङ्कटको बीचमा भारतले गरेको सहयोगको प्रशंसा गर्दै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने इच्छा व्यक्त गर्नुभएको छ । ‘यो कठिन समयमा भारतले गरेको सहयोगका लागि आभार व्यक्त गर्दछु । म हाम्रा राष्ट्रहरूबीचको सम्बन्धलाई अझ सुदृढ गर्न तत्पर छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
News Desk 0 response मङ्लबार, जेष्ठ १७, २०७९

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


