

ब्यापार घाटा कम गर्न आर्थिक मुद्धामा नबोलेको प्रधानमन्त्रीको भारत भ्रमण
चालु आर्थिक वर्षको सात महिनामा मात्रै भारतबाट ११ अर्ब ४४ करोडको तरकारी आयात भएको छ । भारतमा ४० प्रतिशतसम्म अनुदान पाएका यस्ता बस्तुले नेपाली बजारमा कब्जा जमाइरहेका छन् । यस्तो अवस्थाबारे परिचित प्रधानमन्त्री शेरवहादुर देउवाले यो भ्रमणमा भारतबाट शून्य भन्सारमा आउने बस्तुमा कर लगाउने सहमति गर्न सक्नुपथ्र्यो, तर त्यसमा चुके । नेपालमा आयातित वस्तुको मूल्य भारतीय नाकामा हुने अवरोधका कारण बढिरहेको छ । निर्यातमा विभिन्न बाधा यथावत छन्, जसमा सहमति गर्न प्रधानमन्त्री सफल भएनन् ।
-
चालु आर्थिक वर्षको सात महिनामा मात्रै भारतबाट ११ अर्ब ४४ करोडको तरकारी आयात भएको छ । भारतमा ४० प्रतिशतसम्म अनुदान पाएका यस्ता बस्तुले नेपाली बजारमा कब्जा जमाइरहेका छन् । यस्तो अवस्थाबारे परिचित प्रधानमन्त्री शेरवहादुर देउवाले यो भ्रमणमा भारतबाट शून्य भन्सारमा आउने बस्तुमा कर लगाउने सहमति गर्न सक्नुपथ्र्यो, तर त्यसमा चुके । नेपालमा आयातित वस्तुको मूल्य भारतीय नाकामा हुने अवरोधका कारण बढिरहेको छ । निर्यातमा विभिन्न बाधा यथावत छन्, जसमा सहमति गर्न प्रधानमन्त्री सफल भएनन् । दुई देशका प्रधानमन्त्रीको संयुक्त प्रेस सम्मेलनमा वाणिज्य सन्धिको पुनरावलोकन गर्ने र व्यापार घाटा कम गर्ने विषयमा कुनै उल्लेख नहुनुले आर्थिक क्षेत्रमा कुराकानी नै नभएको प्रष्ट हुन्छ । भारतसँगको चुलिदो ब्यापार घाटाका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रमणका क्रममा व्यापारमा सहजीकरण र कृषिजन्य बस्तु आयात रोक्ने सन्दर्भमा पहल गर्न सकेनन् । हैदरावाद हाउसमा भएको पत्रकार सम्मेलनमा यसअघि निर्माण सम्पन्न भएका आयोजना संयुक्त रुपमा उद्घाटन गर्नेबाहेक देउवाको भ्रमणमा आर्थिक क्षेत्रमा उपलब्धि हुने कुनै पनि महत्वपूर्ण सम्झौता हुन सकेनन् ।
त्यसैगरी वषरतमा नेपालमा पााच सय मेगावाट बिजुली खेर जाने स्थिति छ । उर्जाका बिषयमा दुई देशबीच सहकार्य गर्ने ुभिजन स्टेटमेन्टु तयार पार्ने भनिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको बिजुली खरिद गर्ने भनेर बोलेका त छन् । तर, भारत निर्यात गर्न सहजै अनुमति दिन्छन् भन्नेमा आशंका कायमै छ । प्रचारप्रसारका साथ सोलु करिडोरको उद्घाटन गरियो । जुन भारतीय अनुदानमा नभई त्यहााको एक्जीम बैंकको सहुलियतपूर्ण ऋणमा बनेको आयोजना हो । पञ्चेश्वरमा तिब्रता दिने भनेर प्रचार गरिएको छ । जुन २६ वर्षअघि भएको महाकाली सन्धिमा ६ महिनामै टुङ्ग्याउने भनिएको थियो ।
नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार, एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । यी सम्झौता प्राविधिक आदानप्रदान गर्ने विषयमा भएका सम्झौता हुन् । भारत र नेपालबीच आर्थिक बिषयमा कैंयन सहमति हुनु आवश्यक थियो । देउवाको भ्रमण सम्बन्ध सुधारमा मात्र केन्द्रित भएको देखिन्छ ।
News Desk 0 response शनिबार, चैत्र १९, २०७८

सम्बन्धित शीर्षकहरु
-
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म..
बुधबार, बैशाख १६, २०८३ -
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग..
बुधबार, बैशाख १६, २०८३ -
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको..
बुधबार, बैशाख १६, २०८३
-
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म..
बुधबार, बैशाख १६, २०८३ -
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग..
बुधबार, बैशाख १६, २०८३ -
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको..
बुधबार, बैशाख १६, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
सोमवार, बैशाख ७, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३



