

-
काठमाडौं : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मध्यपूर्व युद्धपछि वृद्धि भइरहेको इन्धनको भाउपछि विश्वव्यापी मन्दीको जोखिम बढेको बताएको छ ।
विश्व आर्थिक दृष्टिकोण प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले यस्तो बताएको हो । इन्धन, ग्यास र खाद्यान्नको भाउ यस वर्ष र आउँदो वर्ष अझै उच्च हुने आईएमएफले चेतावनी दिएको छ । विश्वको आर्थिक वृद्धिदर यस वर्ष २ प्रतिशतले घट्ने प्रतिवेदनमा उल्लेख छ ।
विश्वको २० प्रतिशत इन्धन ढुवानी हुने नाका स्ट्रेट अफ होर्मुजमा युद्धका कारण भएको अवरोधले इन्धनको मूल्य पटक–पटक बढेको छ । यो संकट समाधानका लागि प्रयास भए पनि वार्ता सफल हुन सकेन । केही दिनअघि मात्रै अमेरिकाले उल्टै होर्मुजमा नाकाबन्दीको घोषणा गरेको छ । यो परिस्थितिका कारण विश्वको आर्थिक व्यवस्था एक पटक फेरि मन्दीको चुनौतीतर्फ अग्रसर भइरहेको आईमएफको चेतावनी छ ।
युद्ध लम्बिँदै गए अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल ११० पुग्ने र सन् २०२७ मा यसको मूल्य १२५ डलर पुग्ने प्रक्षेपण आईएमएफले गरेको छ । आगामी वर्ष महँगी ६ प्रतिशतले वृद्धि हुने आईएमएफको प्रक्षेपण छ ।
परिस्थिति नसम्हालिए विश्वले मन्दीको गम्भीर अवस्था खेप्ने आईएमएफको भनाइ छ । यस परिस्थितिले कतिपय राष्ट्रमा महँगी, बेरोजगारी, खाद्य असुरक्षा निम्त्याउने आईएमएफका प्रमुख अर्थशास्त्री पियर ओलीभिय गुगान्सालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
News Desk 0 response बुधबार, बैशाख २, २०८३

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



