

-
काठमाडौं : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मध्यपूर्व युद्धपछि वृद्धि भइरहेको इन्धनको भाउपछि विश्वव्यापी मन्दीको जोखिम बढेको बताएको छ ।
विश्व आर्थिक दृष्टिकोण प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले यस्तो बताएको हो । इन्धन, ग्यास र खाद्यान्नको भाउ यस वर्ष र आउँदो वर्ष अझै उच्च हुने आईएमएफले चेतावनी दिएको छ । विश्वको आर्थिक वृद्धिदर यस वर्ष २ प्रतिशतले घट्ने प्रतिवेदनमा उल्लेख छ ।
विश्वको २० प्रतिशत इन्धन ढुवानी हुने नाका स्ट्रेट अफ होर्मुजमा युद्धका कारण भएको अवरोधले इन्धनको मूल्य पटक–पटक बढेको छ । यो संकट समाधानका लागि प्रयास भए पनि वार्ता सफल हुन सकेन । केही दिनअघि मात्रै अमेरिकाले उल्टै होर्मुजमा नाकाबन्दीको घोषणा गरेको छ । यो परिस्थितिका कारण विश्वको आर्थिक व्यवस्था एक पटक फेरि मन्दीको चुनौतीतर्फ अग्रसर भइरहेको आईमएफको चेतावनी छ ।
युद्ध लम्बिँदै गए अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल ११० पुग्ने र सन् २०२७ मा यसको मूल्य १२५ डलर पुग्ने प्रक्षेपण आईएमएफले गरेको छ । आगामी वर्ष महँगी ६ प्रतिशतले वृद्धि हुने आईएमएफको प्रक्षेपण छ ।
परिस्थिति नसम्हालिए विश्वले मन्दीको गम्भीर अवस्था खेप्ने आईएमएफको भनाइ छ । यस परिस्थितिले कतिपय राष्ट्रमा महँगी, बेरोजगारी, खाद्य असुरक्षा निम्त्याउने आईएमएफका प्रमुख अर्थशास्त्री पियर ओलीभिय गुगान्सालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
News Desk 0 response बुधबार, बैशाख २, २०८३

सम्बन्धित शीर्षकहरु
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको दुग्ध विकास संस्थान
शुक्रबार, कार्तिक १४, २०८३-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


