

-
बेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वमा कोभिड १९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् । उनले शुक्रबार विश्वका नेताहरुसँगको फोनवार्ताका क्रममा महामारी नियन्त्रणका साथै विकासका सम्भावनाहरुको बारेमा थप आदानप्रदान गर्नका लागि विश्वका नेताहरुको संयुक्त प्रयास हुनु आवश्यक रहेको बताएका हुन् ।
राष्ट्रपति सिले हाल विश्वमै रहेको कोरोना भाइरसको यो महामारी कुनै एक देश तथा क्षेत्रको मात्र नभएर विश्वकै समस्याका रुपमा देखिएकोले यसको समाधानका लागि विश्वका नेताहरु एक आपसमा समन्वय गरेर लाग्नुपर्ने बताए । उनले शुक्रबार बोलिभिया, दक्षिण कोरिया, बेलारुसका राष्ट्रपति तथा डोमिनिकन प्रधानमन्त्रीसहितका नेताहरुसँग फोनवार्ता गरेका थिए ।
सो फोन वार्ताका क्रममा उनले महामारीका साथै अन्य विकासका कार्यमा पनि सहकार्य र समन्वय सहितको प्रयासका लागि आग्रह गरेका थिए । त्यस फोन वार्ताका क्रममा उनले अघि सारेको वेल्ट एन्ड रोड इनिसिएटिभ्स् जस्तो आयोजनाबाट पनि चीनले अन्तर्राष्ट्रिय रुपमा सहयोग र समझ्दारी बढाउन चाहेको धारणा राखेको राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
त्यस वार्ताका क्रममा उनले चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी दिएका थिए । त्यस्तै उनले फोनमा कुरा गरेका नेताहरुसँग ती देशमा महामारीको पछिल्लो अवस्थाको बारेमा पनि जानाकरी लिएको सिन्ह्वा समाचार समितिले चीनको राजधानी बेइजिङबाट जनाएको छ । सिन्ह्वा
News Desk 0 response शनिबार, माघ १७, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



