• अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा छन् । बिगतमा बिवादमा आईरहने एन्फा अहिले राम्रोसँग कृयाशिल छ । फुटवलमा नयाँ योजना ल्याउने शेर्पाको सपना छ । तर पनि बिभिन्न चुनौतीहरु रहेको शेर्पाले स्वीकार गरेका छन् । उनै शेर्पासँग पत्रकार माधव नेपालले गरेको कुराकानीको अंश-
    एन्फाको काम
    एन्फाको कार्यनीति, ग्रासरुट, विधान र नियमावलीमाथी क्लबस्तरीय अन्तरक्रिया भएका छन् । विधान संशोधन, प्रस्तावित विधान, र कर्मचारी नियमावली लगायतका बिषयमा निर्णय विशेष साधारण सभा बैठक पनि भएका छन् । नेपाली फुटबलको पुर्ण विकास एकमात्र उद्धेश्य हो । नेपालमा फुटबलमय वातावरण सिर्जना गरिने योजना छ । पाँच निश्चित क्षेत्रहरुमा काम गर्ने योजना छ । असल व्यवस्थापन, पुर्वाधार विकास, प्रतियोगिताको आयोजना, तालिको व्यवस्था र क्षमता अभिवृद्विमा आमुल परिवर्तन गर्ने लक्ष्य हो ।
    सामुहिक नेतृत्व प्रणाली अनुसार सबै समितिलाई क्रियाशिल बनाईने छ । फुटबलमा पारदर्शीता, विकेन्द्रिकरणको सिद्धान्त अवलम्बन गर्दै विधि प्रक्रिया अनुसार एन्फालाई अघि बढाउने प्राथमिकता छ । देशका विभिन्न स्थानमा फुटबल तालिम केन्द्रको स्थापना गर्ने प्रत्येक नगरपालिका र प्रदेशमा रंगशालाको निर्माण गरिने योजना छ । केन्द्रमा दुई अन्तराष्ट्रिय रंगशाला निर्माण गर्न सके धेरै राम्रो हुनेछ । प्रत्येक प्रदेशमा कम्तिमा २ तालिम केन्द्र खोलिने संभावना हुन्छ ।
    धेरै राष्ट्रिय र अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गरिने तयारी छ । विभिन्न उमेर समुहका लिग प्रतियोगिता आयोजना गरिने छ । अब ७७ जिल्लामा लिग फुटबल गरिने छ । जिल्ला लिगमा २ टोली रेलिगेशनमा झर्ने छन् । प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, सहिद स्मारक लिग हुँदै राष्ट्रिय लिगमा टोलीहरुलाई समावेश गरिने योजना छ । राष्ट्रिय नकआउट प्रतियोगिता आयोजना गर्दै उमेर समुहका विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताको आयोजना गरिने छ । फुटबल विकासकालागि धेरै जनशक्ति आवश्यक पर्ने कारण विभिन्न शाखाको विकास गर्दै फुटबल गतिविधि अघि बढाईने योजना छ ।
    अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल एपीएफ स्कुलबीच छ वर्षका लागि सम्झौता भएको छ । नेपाल एपीएफ स्कुल फुटबल एकेडेमी स्थापना गर्नुका साथै एन्फा र एपीएफ एकेडेमीबीच युवा फुटबल खेलाडी उत्पादन तथा प्रवद्र्धन गर्ने सो सम्झौता भएको हो । सशस्त्र प्रहरी बलका एआईजी पुष्पराम केसीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । व्यावसायिक फुटबल खेलाडीलाई शिक्षा पनि अत्यावश्यक भएकोमा सहमत हुँदै दुवै पक्षले लामो समयसम्म सहकार्य गर्न स्वीकार गरेका छौं ।
    एकेडेमी स्थापना गर्न सम्झौता
    नेपाल एपीएफ स्कुल सँगको सम्झौतामा हामी खुसी र गौरवान्वित छौँ । एकेडेमी स्थापना गर्न यो ऐतिहासिक सम्झौता हो । यो सम्झौता अनुसार एन्फा र एपीएफ स्कुल फुटबल एकेडेमीले संयुक्त रूपमा प्रत्येक दुई वर्षमा २१ युवा खेलाडी चयन गर्नेछन् । जसमध्ये एन्फा र एपीएफले सात÷सात खेलाडी प्रायोजन गर्नेछन् । यी दुवै पक्षले खेलाडीले १२ कक्षा उत्तीर्ण नभएसम्म शैक्षिक भार बेहोर्नेछन् । सो एकेडेमी एन्फाका प्रशिक्षकले सञ्चालन गर्नेछन् । सुरुमा सो एकेडेमीमा १३–१४ वर्षका खेलाडी सामेल गराइनेछ । एन्फासँग सहकार्य गर्न पाउँदा एपीएफ खुसी ब्यक्त गरेको छ । यो एकेडेमीपछि हाम्रा युवा खेलाडीलाई सिनियर टिम मात्र होइन राष्ट्रिय टिमसम्म लाने मार्ग पनि सजिलो हुनसक्छ ।
    संस्थागत एन्फा
    बिगतमा भन्दा एन्फा संस्थागत भएको छ । अव फुटवलमा स्वर्णयुगको सुरुवात भएको छ । यसको पूर्वाधार तयार भएको छ । काम बिगतको भन्दा फरक ढंगले भएको छ । काम गर्नु जादूको छडी होईन । ब्यवस्थित हुन लागेको छ । काम संस्थागत भएको छ । बिभिन्न ऐन नियम बनेको छ । बिधानलाई बर्तमान परिस्थिति अनुरुप बनाईएको छ । हरेक कार्यक्रम सञ्चालनका लागि नियम वनाईएको छ । आवश्यक कानुन वनाउने काम भएको छ । संगठनको संरचना पनि नयाँ तयार भएको छ । जनशक्ति नियुक्तिदेखि संस्थागतको काम सम्पन्न भएको छ । संस्था कृयाशिल बनाउने काम भएको छ । पहिलो पल्ट प्राविधिक डिपार्टमेन्ट बनाईएको छ । फुटवलको फिलोसोपी वनाईएको छ । नेपाली फुटवलको कोच निर्माणको काम ब्यवस्थित भएको छ । एन्फा लाईसेन्सको सुरुवात भएको छ । कोचका लागि कोचिङ कोर्ष बनाईएको छ । देशब्यापी ग्रासरुढ कार्यक्रम सुरु भएको छ । युथ कार्यक्रम पनि ब्यवस्थित हुन लागेको छ ।
    बिगतमा कार्य समिति मात्र थियो । अहिले हरेक बिभाग गठन भएको छ । आर्थिक रुपमा भद्रगोल थियो । खाता सञ्चालन आधुनिक वनाईएको छ । दोहोरो लेखा प्रणाली तयार गरिएको छ । ईबिडिङको सुरुवात भएको छ । अझै काम गर्नु छ । जनशक्ति कम भएको कारण काम गर्न समस्या भएको छ ।
    तीन तहको संरचना
    संघीय संरचना अनुरुप काम सुरु भएको छ । जिल्ला लिगको सुरुवात भएको छ । जिल्लामा दुई तहको प्रतियोगिता गर्न लागिएको छ । त्यसपछि प्रदेश र राष्ट्रिय खेलको प्रतियोगिता हुने छ । बिद्यालय स्तरीय खेलमा पनि तीन तहको हुन लागेको छ । अन्डर १८ पनि जिल्लास्तरमा लैजाने काम सुरु भएको छ । प्रशिक्षण पनि सोही किसिमको हुन थालेको छ । त्यहाँ बाट आएका खेलाडीका लागि क्लवमा खेल्ने वातावरण तयार हुँदैछ । अहिले कोभिडका कारण केही समस्या आएको छ । रेफ्रि ब्यवस्थित गर्ने काम भएको छ । बार्षिक कार्यक्रम वनाईएको छ । रेफ्रीको बर्गिकरण गरेर तालिम सुरु भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा महिलाहरु सफल भएका छन् । साफमा पनि सफलता भएको छ । बिभिन्न प्रतियोगितामा महिलाहरु सफल भएका छन् । पुरुष फुटवलमा ३५ बर्षपछि नेपालले गोल्ड मेडल पाएको अवस्था छ । बातावरण सहज भएमा नेपाली फुटवल राम्रो हुने छ ।
    चुनौति
    सबैभनदा ठूलो कुरो आर्थिक समस्या हो । फुटवल आफैमा महंगो खेल हो । अहिले स्थानीय,प्रदेश र संघीय सरकारले सहयोग गर्न थालेका छन् । लिग ब्यवस्थित गर्न आवश्यक छ । यसको लागि संघीय सरकारले सहयोग गर्नु आवश्यक छ । पूर्वाधार कमी छ । अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिएको छैन । अरु खेल मैदान भएपछि सजिलो हुन्छ । खेलाडी उत्पानको लागि तालिम केन्द्र निर्माण गर्न आवश्यक छ । जनशक्ति उत्पादन गर्ननै समस्या भएको छ । त्यसको बातावरण निर्माण गने काम भईरहेको छ । चुनौती धेरै छन् । त्यससंग लड्दै जानु पर्छ भन्ने योजना छ ।
    सरकारी सहयोग
    राज्यले खेललाई पहलिो प्राथमितामा राख्नु पर्छ । बिकासको सूचक खेल हो । राम्रो देशले राम्रो नतिजा ल्याएको छ । अनुशासित नागरिक उत्पादन गर्न खेल आवश्यक छ । मेहनत गर्ने वानी पनि बस्छ । त्यस कारण सरकारले यसलाई सहयोग गर्नु पर्छ । राज्यले खेललाई प्राथमिता दिन सकेमात्र राम्रो हुन्छ । खेलको माध्यम बाट देशको विकास हुने निश्चित छ । खेल पर्यटनको पनि संभवना राम्रो हुन्छ ।
    निजी क्षेत्रको सहयोग
    निजी क्षेत्रले पनि फुटवलको लागि चासो राखेको पाईन्छ । यसका लागि राज्यले प्रोत्साहित गर्न आवश्यक छ । खेलको माध्यमबाट ब्यवसाय गर्ने कानुन निर्माण गर्न आवश्यक छ । यसमा कम लगानीमा धेरै फाईदा हुन्छ । राजस्वमा छुट लगायतका काम राज्यले गरेमा धेरै राम्रो हुन्छ ।
    बिगतमा समस्या थियो अव समाधान गर्न लाग्नु पर्छ । अहिले पनि समस्या छन् । त्यसलाई समाधानको प्रकृयामा हामी लागेका छौ । निर्बिवाद काम केही हुन्न । तर, धेरै मान्छेले सही भन्ने काम गर्न आवश्यक छ । त्यसको नतिजा हेर्ने बानीको विकास गर्नु पर्छ ।
    अन्तराष्ट्रिय नजर
    बिगतमा एन्फालाई अपारदर्शीको संज्ञा दिईएको थियो । अहिले हाम्रो पारदर्शीता मुख्य लक्ष्य हो । यसलाई अन्तराष्ट्रिय क्षेत्रले सही भनेको छ । बिधान,हिसाव सवै पारदर्शी बनाईएको छ । फिफा र एएफसिले नेपाली फुटवललाई हेर्ने नजर सकारात्मक छ । चारबर्षे कार्यकालमा धेरै समझदारी अघि बढ्छ भन्नेमा हामी ढुक्क छौं ।
    जनशक्तिका कुरा
    सवैभन्दा समस्यानै जनशक्तिको छ । यसको ब्यवस्थापन समस्या छ । त्यसका लागि हामीले पहिलो पटक मेनेजर्स तालिम सञ्चालन गरेका छौं । यो लगायत अन्य जनशक्ति पनि उत्पादनको काम सुरु भएको छ । सातसय जनालाई कोचिङ कोर्षमा राख्ने काम भएको छ । हरेक क्षेत्रझै फुटवल पनि जनशक्ति उत्पादनले नै राम्रो हुन्छ । त्यसकारण सोही अनुरुप एन्फा अघि बढेको छ ।
    राज्यको नीति
    राज्यले खेलकुदका लागि राम्रै गर्दैछ । फुटवलमा पनि सरकार लागेको छ । तर, कमी छ । राज्यले पूर्वाधारमा लगानी गर्नुपर्ने आवश्यक छ । एक पालिका एक मैदान हुनु पर्छ । खेल्न चाहनेले पनि खेल्न पाएका छैन । प्रदेशस्तरको मैदान आवश्यक छ । सरकारले त्यसतर्फ लाग्नु पर्छ । स्थानीय सरकार,प्रदेश सरकार मैदान निर्माणमा लागेका छन् । अझ बढाउनु पर्दछ । नीतिगतरुपमा अझ अघि बढ्न पर्छ । सन्तुष्ट छैन । धेरै काम गर्न बाँकी छ । धेरै अपूग छ । नेपालको लिग ब्यवस्थित गर्न आर्थिक ब्यवस्थापन गर्न सकिएको छैन । यसमा पनि सहयोगको आवश्यक छ । बिदेशी सहयोगमा मात्र फुटवलको मुख ताक्ने काम रोक्नु पर्छ अनि मात्र फुटवलको विकास हुन सक्छ ।
    आगामी योजना
    पोखरामा मल्टिपरपोज तालिम केन्द्रको सपना छ । यो सुरु पनि भएको छ । यसलाई प्रदेश सरकारले सहयोग गरेको छ । महिला फुटवलको तालिम केन्द्रको सपना छ । काठमाण्डौं भ्यालीमा स्कुल लिग सञ्चालन गर्ने योजना छ । १४ वटा स्कुल समावेश गरेर पढाईमा बाधा नपुग्ने गरी खेल सुरु गर्न लागिएको छ । क्लवको एकेडेमी सञ्चालन गर्ने योजना छ । खेलाडी उत्पादनमा जोड दिनु पर्छ । पूर्वाधार निर्माणमा जोड दिनु पर्छ । तालिम केन्द्र खोल्ननै जोड दिनु पर्छ । यस्तै काम सम्पन्न गर्न लाग्नु पर्ने छ ।