

-
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गरेका छन् । उनको कार्यकालमा जिम्मेवारी पाएका मध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्ससलाई उनले बर्खास्त गरेका हुन् ।
हालैको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको कुनै ठोस प्रमाण नपाइएको भन्दै राष्ट्रपति ट्रम्पको खुलेर आलोचना गरेकै कारण ट्रम्पले क्रिस्टोफरलाई बर्खास्त गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनका क्रममा धेरै ठाउँमा धाँधली भएको र आफूलाई पराजित भनिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।
उनले अहिलेसम्म पनि आफू पराजित भएको र आफ्ना प्रतिस्पर्धी जो बाइडेन निर्वाचित भएको घोषणालाई अस्वीकार गर्दै आएका छन् । उनले कतिपय ठाउँमा धाँधली भएको भन्दै उजुरी समेत दिएका छन् । ती उजुरीहरुलाई न्यायधीशहरुले खारेज गरिदिएका छन् ।
राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गरेपनि कुनै आधार र प्रमाणहरु भने नदिएको भन्दै उनीहरुले उजुरी खारेज गरिदिएका हुन् ।
बर्खास्त गरिएका क्रिस्टोफर अमेरिकाको विद्युतीय सुरक्षा र भौतिक सुरक्षा निकायका निर्देशक थिए । उनको बर्खास्तीलाई लिएर अमेरिकामा आश्चर्य प्रकट गरिएको छैन । निर्वाचनमा पराजित भएदेखि नै राष्ट्रपति ट्रम्पले उनीप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्दै आएका थिए । उनले क्रिस्टोफरलाई सुरु देखि नै लक्षित गरेका थिए ।
राष्ट्रपति ट्रम्पले यसअघि पनि आफ्नो कार्यकाल भरीमा दर्जनौं उच्च पदाधिकारीहरुलाई बर्खास्त गरेका थिए । एजेन्सी
News Desk 0 response बुधबार, मंसिर ३, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



