

-
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन् । राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर पराजित भएका ट्रम्पले कार्यकाल सकिनै लागेका समय रक्षा मन्त्रीलाई बर्खास्त गरेका हुन् । रक्षामन्त्री इस्पेरको बर्खास्तीलाई अप्रत्यासित र अस्वभाविक मानिएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत इस्पेरलाई हटाइएको जानकारी दिएका छन् । तर उनलाई हटाउनुको कारण भने उनले स्पष्ट पारेका छैनन् ।
ट्रम्प र इस्पेरकाबीचमा पछिल्लो केही समयदेखि मतभेद रहेको थियो । गत जुनमा एक जना अश्वेत अमेरिकीको हत्या भएपछि चर्किएको आन्दोलनका क्रममा सेना परिचालन गर्ने की नगर्ने बारेमा उनीहरुका बीचमा मतभेद भएको हो ।
त्यतिवेला ट्रम्पले आन्दोलन दबाउन सेना परिचालन गर्न खोजेपनि रक्षा मन्त्री इस्पेरले भने अस्वीकार गरेका थिए । त्यति बेला नै उनलाई ट्रम्पले बर्खास्त गर्ने अनुमान गरिएपनि अहिले भने अनुमान गरिएको थिएन ।
राष्ट्रपति ट्रम्पले इस्पेरलाई हटाएर खाली भएको रक्षा मन्त्रीको पदमा नेस्नल काउन्टर टेरोरिजम सेन्टरका निर्देशक क्रिस्टोफर मिलरलाई जिम्मेवारी दिएका छन् ।
ट्रम्पले नवनियुक्त रक्षा मन्त्री मिलरले राम्रो काम गर्ने विश्वास व्यक्त गर्दै बर्खास्त रक्षा मन्त्री इस्पेयरलाई विगतको सेवाका लागि धन्यवाद दिएका छन् ।
बर्खास्त भएका इस्पेरले पनि राष्ट्रपति ट्रम्पप्रति धन्यवाद ज्ञापन गर्दै जिम्मेवारीमा रहँदा संविधान र सैनिक तथा सुरक्षाको मर्म अनुसार काम गर्ने प्रयत्न गरेको उल्लेख गरेका छन् । एजेन्सी
News Desk 0 response मङ्लबार, कार्तिक २५, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



