

-
एराभान, अजरबैजान । नागोरनो काराबख क्षेत्रको स्वामित्वलाई लिएर अर्मेनिया र अजरबैजानबीच पछिल्लो समयमा भएको युद्धमा परी अजरबैजानका ७ हजार जनाभन्दा बढीको ज्यान गएको छ । गत महिना यी दुई देशबीचको द्धन्द्ध चर्किएको र त्यस क्रममा दुवै तर्फबाट हवाई तथा स्थलगत रुपमा पनि हमला भएका समाचारहरु आएका थिए । ती हमलाहरुमा परी ७ हजार ५०० जनाको ज्यान गएको बताइएको हो । ती सबै अजरबैजानका नागरिक रहेका छन् । दुवै देशले विवादित क्षेत्रमा आफ्नो स्वामित्व रहेको भन्दै एकअर्काको क्षेत्रमा आक्रमण गरेका थिए ।
यी आक्रमणहरुमा यति ठूलो संख्याका नागरिकहरुका अतिरिक्त २६२ ड्रोन, १७ ओटा हेलिकोप्टर र २५ ओटा जहाज पनि परेका छन् । त्यस क्षेत्रमा पछिल्लो समयमा पनि एक अर्कामा आक्रमण जारी नै रहेको छ । अर्मेनियाले अजरबैजानमाथि विवादित क्षेत्रको केन्द्रमा नै मिसाइल आक्रमण गरेको आरोप लगाएको छ । उता अजरबैजानले पनि अर्मेनियाले आफ्ना कयौं शहरहरुमा आक्रमण गरेको आरोप लगाएको छ ।
हालैमात्र अर्मेनियाका सैन्य अधिकारीहरुले अजरबैजानले स्टेपनाकर्टमा मिसाइल आक्रमण गरेको बताएका थिए भने अजरबैजानको रक्षा मन्त्रालयले अर्मेनियन सेनाले आफ्नो दोस्रो ठूलो शहर गाजाका साथै टार्डर,बार्डा, बेलगन लगायतका स्थानमा आक्रमण गरेको बताएको थियो ।
दुवै पक्षका बीचमा सयौं पटकसम्म पनि भिडन्त भएको थियो । त्यसमा परेर ठूलो संख्याका मानिस पनि मारिएका छन् । दुवै देशबीचको विवादबीच भइरहेको आक्रमणमा परेर सयौं घरमा क्षति पुगेको छ भने हजारौं मानिस विस्थापित समेत भएका छन् ।
सो क्षेत्रमा अहिले पनि आक्रमण जारी नै रहेको छ । यसमा परेर गएको २४ घन्टायता मात्र पनि कम्तीमा १०५ जना मानिस मारिएका अजरबैजानको गृह प्रशासनको सूचना केन्द्रले जनाएको छ । रासस/एएनआई
News Desk 0 response आइतवार, कार्तिक २३, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



