

-
नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा कोभिड–१९ का २२ हजार २५२ नयाँ बिरामी थपिएपछि संक्रमितको सात लाख नाघेको छ । भारत हालसम्म कुल संक्रमितको संख्या ७ लाख १९ हजार ६६५ जना पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
विगत २४ घण्टामा भारतमा थप २२ हजार २५२ व्यक्तिमा संक्रमण पुष्टि भएको र ४६७ संक्रमितको मृत्यु भएपछि कोरोना भाइरसबाट २० हजार १६० जनाको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ ।
विज्ञप्तिका अनुसार मङ्गलबार बिहानसम्म ४ लाख ३९ हजार ९४८ सङ्क्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।”
मङ्गलबारसम्मको विवरणअनुसार भारतमा अझै २ लाख ५९ हजार ५५७ व्यक्तिले सङ्क्रमित रहेका छन् भने उनीहरू देशभरका सयौँ अस्पतालमा उपचार गराइरेहका छन् ।
भारतमा कोरोना भाइरसका कारण सबभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ र यहाँ २ लाख ११ हजार ९८७ संक्रमित भएकामा ८७ हजार ६७७ अझ संक्रमित अवस्थामा नै रहेका छन् । महाराष्ट्रमा १ लाख १५ हजार २६२ जना निको भएका छन् । त्यसैगरी महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणको कारण ९ हजार २६ जनाले ज्यान गुमाएका छन् ।
दोस्रो स्थानमा तमिलनाडु रहेको छ र यहाँ १ लाख १४ हजार ९७८ जना संक्रमित रहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय राजधानी समेत रहेको दिल्ली प्रदेश रहेको छ । एक लाख ८२३ जनामा कोरोना भाइरस संक्रमण रहेको छन ।
भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्मका लागि व्यवसायिक अन्तराष्ट्रिय उडानलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ भने भारतीय बजारमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन संक्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगलाई सञ्चालनमा ल्याएको छ । रासस/एएनआइ
News Desk 0 response मङ्लबार, असार २३, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



