

-
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाटीगाउँमा जग्गाको विषयलाई लिएर आज दुई पक्षबीच भएको झडपमा १५ जना घाइते भएका छन् ।
झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट स्थिति नियन्त्रण हुन नसकेपछि नेपाली सेना घटनास्थल पुगेको छ ।
स्थानीयवासी एंव जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले गणेशी मण्डलको जग्गाको पिलर उखेलेपछि पाँच दिनअघि भएको झगडाले आज उग्ररुप लिँदा १५ जना घाइते भएका हुन् । घाइते हुनेमा इद्रिस मन्सुरी, मो उस्मान, ताहिर मन्सुरी, मो मुख्तार, मनीर मन्सुरी, महबुद मन्सुरी, वीरेन्द्रप्रसाद यादव, सीताराम दास, सजन साहलगायतका छन् । दुवै पक्षले एकअर्कामाथि लाठी, ढुङ्गा र घरेलु हतियारले आक्रमण गरेको बताइएको छ । घाइते सबैलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । रासस
News Desk 0 response बुधबार, जेष्ठ २१, २०७७

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३



