

-
वासिङ्टन : कूटनीतिक प्रयासहरू जारी रहेकै समयमा ट्रम्प प्रशासनले इरानविरुद्ध नयाँ चरणको सैन्य आक्रमणको तयारी गरिरहेको योजनाबारे प्रत्यक्ष जानकारी भएका स्रोतहरूले बताएका छन् । यद्यपि, शुक्रबार दिउँसोसम्म आक्रमण गर्नेबारे कुनै अन्तिम निर्णय भने भइनसकेको सीबीसी न्युजले लेखेको छ ।
‘सरकारसँग सम्बन्धित परिस्थितिका कारण’ आफू यस सप्ताहन्तमा हुन गइरहेको छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहमा सहभागी हुन नपाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । राष्ट्रपति ट्रम्पले ‘मेमोरियल डे’ को सप्ताहन्त न्यु जर्सीस्थित आफ्नो गल्फ रिसोर्टमा बिताउने योजना बनाएका थिए, तर अब उनी ह्वाइट हाउस फर्कने भएका छन् ।
सम्भावित आक्रमणलाई ध्यानमा राख्दै अमेरिकी सेना र गुप्तचर निकायका केही अधिकारीहरूले आफ्नो मेमोरियल डे सप्ताहन्तको योजना रद्द गरेको विभिन्न समाचारहरूमा जनाएका छन् । सम्भावित इरानी जवाफी कारबाहीको चिन्ताबिच पश्चिम एसियामा अमेरिकी सैन्य उपस्थिति कम गर्ने प्रयास स्वरूप रक्षा र गुप्तचर अधिकारीहरूले विदेशमा रहेका अमेरिकी सैन्य अखडाहरूका लागि रिकल रोस्टर (तत्काल काममा फिर्ता बोलाउने सूची) अद्यावधिक गर्न थालेका छन् ।
गत अप्रिलको सुरुमा अस्थायी युद्धविराम लागु भएदेखि अमेरिका र इरानले एकअर्कामाथि आक्रमण गर्न बन्द गरेका छन्, जसले दीर्घकालीन सम्झौताका लागि अप्रत्यक्ष वार्ता गर्ने समय दिएको छ ।
ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले सीबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफ्ना लक्ष्मण रेखाहरू स्पष्ट पारेको बताएकी छिन् । उनका अनुसार, इरानसँग कहिल्यै पनि आणविक हतियार हुन सक्दैन र उसले संवर्धित युरेनियम राख्न पाउने छैन ।
केलीले थपिन्, ‘राष्ट्रपतिसँग सधैं सबै विकल्पहरू खुला रहन्छन् र कमाण्डर–इन–चिफ (राष्ट्रपति) ले गर्ने जुनसुकै निर्णय कार्यान्वयन गर्न तयार हुनु पेन्टागनको काम हो । इरानले सम्झौता नगरेमा भोग्नुपर्ने परिणामबारे राष्ट्रपतिले स्पष्ट पारिसक्नुभएको छ ।’
अर्कोतर्फ, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९आईआरजीसी० ले बुधबार चेतावनी दिँदै अमेरिका वा इजरायलबाट हुने थप आक्रमणले द्वन्द्वलाई मध्यपूर्वभन्दा बाहिर फैलाउन सक्ने बताएको छ । उसले ुकल्पना समेत गर्न नसक्ने स्थानहरूमा विनाशकारी प्रहारु गर्ने चेतावनी दिएको छ।
तेहरानले ऊर्जा बजारलाई अस्तव्यस्त पारेको र इन्धनको मूल्य बढाएको झण्डै तीन महिना लामो युद्ध अन्त्य गर्ने सम्भावित सम्झौताका लागि अमेरिकाको पछिल्लो प्रस्तावको समीक्षा गरिरहेको छ । सीबीएस न्यूजलाई जानकारी दिने एक स्रोतका अनुसार यो प्रस्ताव बुधबार इरानलाई पठाइएको थियो र यससँगै यो ुअन्तिम प्रस्तावु अस्वीकार गरे पुनः सैन्य आक्रमण सुरु हुने चेतावनीसमेत दिइएको छ ।
‘इरान सम्झौता गर्न आतुर छ,’ ट्रम्पले शुक्रबार भनेका थिए, ‘हेरौं के हुन्छ ।’
ट्रम्पले बुधबार आफू तेहरानलाई अमेरिकी प्रस्तावको जवाफ दिन केही दिन दिन तयार रहेको बताएका थिए । उनले आफ्नो टोली इरानका वार्ताकारहरूबाट निकै प्रभावित भएको बताए पनि द्वन्द्व पुनः सुरु हुन नदिन प्रशासनलाई बलियो आश्वासन चाहिने चेतावनी दिए । यस्तोमा मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानमार्फत चाँडै नै प्रतिक्रिया आउने अपेक्षा गरिएको छ ।
भारत प्रस्थान गर्नुअघि विदेशमन्त्री मार्को रुबियोले पत्रकारहरूसँग कुरा गर्दै ट्रम्प प्रशासनका तर्फबाट इरानसँग सञ्चारको मुख्य माध्यमका रूपमा काम गरिरहेका पाकिस्तानी फिल्ड मार्शलमार्फत जवाफ प्राप्त हुने अमेरिकाले अपेक्षा गरेको बताए । रुबियोले ट्रम्पले सैन्य आक्रमणभन्दा कूटनीतिलाई प्राथमिकता दिएको दाबी गर्दै केही प्रगति भएको तर अझै धेरै काम गर्न बाँकी रहेको बताए ।
रुबियोले स्वीडेनमा नाटो सदस्यहरूसँग भएको बैठकको चर्चा गर्दै यदि इरान आफैं सहमत नभए सैन्य बल प्रयोग गरेर हर्मज जलडमरुमध्य पुनः खोल्ने विषयमा छलफल भएको उल्लेख गरे, जसलाई उनले ुप्लान बीुको संज्ञा दिए ।
यसैबिच वासिङ्टनमा प्रतिनिधि सभाका रिपब्लिकनहरूले राष्ट्रपति ट्रम्पको इरानविरुद्ध सैन्य कारबाही गर्ने अधिकारलाई सीमित गर्ने प्रस्तावमाथि मतदान गराउने प्रयास बिहीबार त्यागेका छन् । उक्त प्रस्ताव अगाडि बढ्नबाट रोक्न आवश्यक मत नपुग्ने निष्कर्ष निकाल्दै उनीहरूले सो प्रयास छोडेका हुन् ।
News Desk 0 response शनिबार, जेष्ठ ९, २०८३

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३



