-
काठमाडौं : विदेश अध्ययनका नाममा विद्यार्थी तथा अभिभावकलाई ठगी गरेको आरोपमा काठमाडौं उपत्यकाका ९५ वटा शैक्षिक परामर्श केन्द्रमाथि प्रहरीले छापा मारेको छ ।
कारबाहीका क्रममा शुक्रबार ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए । पक्राउ परेकामाथि स्क्रिनिङ गरेर थप अनुसन्धान अघि बढाइने उनले बताए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै विभिन्न शैक्षिक कन्सल्टेन्सीले ठगी गरेको उजुरी, गुनासो तथा निवेदन बढेपछि संयुक्त अनुगमन तथा कारबाही शुरू गरिएको हो।
प्रहरीले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ विपरीत सञ्चालन भएका कन्सल्टेन्सीमाथि कारबाही गरेको जनाएको छ ।
प्रहरीका अनुसार ती संस्थाले दर्ता तथा नवीकरण नगरी, अनुमति नलिई शैक्षिक परामर्श सेवा, भाषा शिक्षण तथा विदेश अध्ययन तयारी कक्षा सञ्चालन गर्दै आएका थिए ।
प्रहरीले यस्ता कन्सल्टेन्सीमार्फत ठगीमा परेको भए तत्काल अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ १, २०८३

सम्बन्धित शीर्षकहरु
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३

सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३