

-
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा १ विकेट गुमाएर भेटाएको हो ।
नेपालका कुशल भुर्तेलले शतकसहित १ सय १९ रन बनाए । यस्तै आसिफ शेखले ५८ रन बनाए । आजको खेलबाट डेब्यू गरेका ईशान पाण्डेले अविजित २० रन बनाए ।
त्यसअघि त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस जितेर ब्याटिङ ब्याटिङ गरेको अमेरिकाले ४३ ओभर ३ बलमा १ सय ९५ रन बनाएर अलआउट भयो । अमेरिकाका समित पटेलले ८३ र शेहान जयसूर्यले ५० रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए ।
नेपालमा भइरहेको लिग–टू एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन् । अंकतालिकामा नेपाल २६ खेलमा २० अंकसहित सातौं स्थानमा छ । अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ ।
यो शृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्यान्डले लगातार दुई जित निकालेपछि दोस्रोमा झरेको हो । स्कटल्यान्ड ३० खेलमा ३८ अंक जोडेर शीर्षस्थानमा छ । कीर्तिपुरमा यसअघि मंगलवार र बिहिवार भएको खेलमा स्कटल्यान्डले नेपाल र अमेरिकालाई समान २ रनले हराएको थियो ।
नेपाल र अमेरिका अहिलेसम्म एकदिवसीय खेलमा ११ पटक खेलेका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । एउटा खेल टाई भएको थियो । नेपालले आफ्नो तेस्रो खेलमा पर्सि ४ गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ ८ गते अमेरिकासँग खेल्नेछ ।
News Desk 0 response शनिबार, जेष्ठ २, २०८३

सम्बन्धित शीर्षकहरु
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको दुग्ध विकास संस्थान
शुक्रबार, कार्तिक १४, २०८३-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३


