

-
भद्रपुर । झापाको भारतीय सीमाबाट उद्धार गरी ल्याइएका नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएपनि सरकारी निकायले होसियारीपूर्वक व्यवस्थापकीय कार्य गरेकाले उनीहरुबाट समुदायमा सङ्क्रमण फैलिन पाएको छैन ।
सात दिनयता झापाको काँकडभिट्टा, भद्रपुर, कचनकबल, टाघनडुब्बा र गौरीगञ्ज नाकाबाट एक हजार २०० जना नेपाल प्रवेश गरेकोमा झापाका २०० लाई आफ्नै पालिकाको क्वारेन्टिनमा लगिएको छ । एक हजार विभिन्न होल्डिङ सेन्टर र सीमा नजिकका क्वारेन्टिनमा बसेका छन् ।
भारतबाट आएका ६६ जनालाई विराटनगर र धरानमा पिसीआर परीक्षण गरिँदा ३३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भइसकेको छ । ती दक्षिणी गाउँपालिका कचनकबलका हुन् । झापाका कूल सङ्क्रमित ३५ जना हुन् । दुई निको भएर घर फर्किसकेका छन् । सङ्क्रमित सङ्ख्या प्रदेश नं १ कै धेरै हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले सीमाबाट उद्धार गरिएका ३३ जनामा कोरोना सङ्क्रमण भएको पाइए पनि उनीहरुलाई उद्धार गर्दा र क्वारेन्टिनमा पुर्याउँदा अत्यन्त सजगता अपनाइएको बताए । “सीमामा आइपुगेकालाई तत्काल उद्धार गर्यौँ”, प्रहरी उपरीक्षक कोइराला भने, “व्यवस्थित क्वारेन्टिनमा राख्यौँ, त्यहीकारण उहाँहरुको सम्पर्कबाट समुदाय जोगियो ।” झापामा भारतबाट आएका सङ्क्रमितबाट समुदायको एक जनामा पनि कोरोना नफैलिएको उनले बताए ।
रेल यातायात सञ्चालन भएपछि भारतको विभिन्न शहरका नेपाली स्वदेश फर्कने क्रम तीव्र छ । झापाको सीमा क्षेत्रसम्म आएपछि नेपाली पक्षबाट सुरक्षित किसिमले उद्धार हुँदै आएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती बताइन् । काँकडभिट्टा नाकाबाट मात्र एक हजार नेपाली भित्रिइसकेका छन् ।
मध्यरातमा सीमाबाट भित्रिएका नेपालीलाई समुदायमा मिसिन नदिइ उद्धार गर्दै होल्डिङ सेन्टर र क्वारेन्टिनमा जनप्रतिनिधि र प्रहरीले पुर्याउने गरेको मेचीनगर–६ काँकडभिट्टाका वडाध्यक्ष ललित तामाङले बताए । सीमाबाट भित्रिरहेका नेपालीलाई समुदायमा मिसिन नदिन सीमाको पहिलो पंक्तिका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता र रेडक्रसकर्मीले सघाउने गरेका छन् ।
बिहीबार मध्यरातमा काँकडभिट्टा नाकाबाट ३०० नेपाली भित्रिएका थिए । उनीहरुलाई मध्यरातमै सीमा क्षेत्रबाट उद्धार गरी यातायातको साधन प्रयोग गरी काँकडभिट्टा माविमा रहेको होल्डिङ सेन्टर, धाइजनस्थित स्वास्थ्य चौकी र इँटाभट्टास्थित आदर्श माविमा रहेको क्वारेन्टिनमा पुर्याइएको मेचीनगरकी उपप्रमुख उप्रेतीले जानकारी दिइन् । उनीहरुमध्ये १४५ जनाको शुक्रबार आरडिटी गर्दा १५ मा एन्टीबडी पोजेटिभ भेटिएको छ ।
आफूखुशी घर नपुगुन् भनेर मध्यरातमै बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल आफ्नो पालिकाका बासिन्दालाई उद्धार गरी लैजान मेची पुलसम्म पुगेका थिए । उनले आफ्ना पालिकाका बासिन्दालाई सुरक्षितरूपमा क्वारेन्टिमा राखेका छन् । यसकारण पनि समुदायमा भारतबाट आएकाहरुले घुलमिल हुन पाएका छैनन् ।
भारतबाट आएर झापाको होल्डिङ सेन्टर र क्वारेन्टिनमा बसिरहेका ६६ जिल्लाका बासिन्दा छन् । उनीहरु अधिकांश भारतको कोभिड–१९ को सङ्क्रमण फैलिएको दिल्ली र मुम्बइबाट आएका हुन् । कोभिड–१९ को जाँच नगरी उनीहरुलाई आफ्नो जिल्लामा नपुर्याइने जिल्लास्थित कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा अनुगमन समितिका संयोजक सोम पोर्तेलले बताए । रासस
News Desk 0 response शनिबार, जेष्ठ १०, २०७७

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३



