

-
बनेपा । लकडाउनका बेलामा पनि बनेपाका विभिन्न बजार क्षेत्रका लुकीछिपी सञ्चालन गरिएका भट्टी पसलबाट घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको छ ।
लकडाउनको समयमा बनेपाको भित्री बजार क्षेत्रमा व्यवसायीले लुकेर भट्टी पसल सञ्चालन गरेको पाएपछि गरिएको अनुगमनका क्रममा एक हजार ५०० लिटर घरेलु मदिरा बरामद भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए । उनका अनुसार बनेपाको चैतन्यचोक, विद्युत् प्राधिकरणचोक, बनेपा नगरपालिका पछाडिका गल्ली र बनेपा पुरोना बजार क्षेत्रका भट्टी पसलेले लुकीछिपी सञ्चालन गरेको पाइएका कारण मदिरा बरामद गरी नष्ट गरिएको हो । आइतबार बनेपा नगरपालिका–९ का वडाध्यक्ष शेरबहादुर सुवालको रोहबरमा मदिरा नष्ट गरिएको हो ।
भट्टी पसल सञ्चालकलाई भने त्यसरी अनधिकृतरुपमा मदिरा बिक्री वितरण नगर्न र कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीको बेलामा भट्टी पसल सञ्चालन नगर्न प्रहरीले आग्रह गरेको छ ।
News Desk 0 response सोमवार, बैशाख २२, २०७७


सम्बन्धित शीर्षकहरु
-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२