

-
बनेपा । लकडाउनका बेलामा पनि बनेपाका विभिन्न बजार क्षेत्रका लुकीछिपी सञ्चालन गरिएका भट्टी पसलबाट घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको छ ।
लकडाउनको समयमा बनेपाको भित्री बजार क्षेत्रमा व्यवसायीले लुकेर भट्टी पसल सञ्चालन गरेको पाएपछि गरिएको अनुगमनका क्रममा एक हजार ५०० लिटर घरेलु मदिरा बरामद भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए । उनका अनुसार बनेपाको चैतन्यचोक, विद्युत् प्राधिकरणचोक, बनेपा नगरपालिका पछाडिका गल्ली र बनेपा पुरोना बजार क्षेत्रका भट्टी पसलेले लुकीछिपी सञ्चालन गरेको पाइएका कारण मदिरा बरामद गरी नष्ट गरिएको हो । आइतबार बनेपा नगरपालिका–९ का वडाध्यक्ष शेरबहादुर सुवालको रोहबरमा मदिरा नष्ट गरिएको हो ।
भट्टी पसल सञ्चालकलाई भने त्यसरी अनधिकृतरुपमा मदिरा बिक्री वितरण नगर्न र कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीको बेलामा भट्टी पसल सञ्चालन नगर्न प्रहरीले आग्रह गरेको छ ।
News Desk 0 response सोमवार, बैशाख २२, २०७७

सम्बन्धित शीर्षकहरु
-
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३ -
बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले..
आइतवार, जेष्ठ १०, २०८३ -
इरानविरुद्ध नयाँ सैन्य आक्रमणको गर्ने तयारीमा ट्रम्प
शनिबार, जेष्ठ ९, २०८३
-
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३ -
बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले..
आइतवार, जेष्ठ १०, २०८३ -
इरानविरुद्ध नयाँ सैन्य आक्रमणको गर्ने तयारीमा ट्रम्प
शनिबार, जेष्ठ ९, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३
-
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
लगातार ३ दिन घटेको शेयर बजार साताको..
शुक्रबार, जेष्ठ १, २०८३ -
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३



