

-
बनेपा । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भई हाल काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार सामूहिकरूपमा जबर्जस्ती करणी गरेको आरोपमा छ महिनादेखि फरार तीन जनालाई बुधबार पक्राउ गरेको हो । गत २०७६ असोज १३ गते विभिन्न प्रलोभन देखाई बा५च ३८४९ नंको बलेरोमा राखी धुलिखेलबाट बनेपा नगरपालिका–६ स्थित काभ्रे क्याम्पसभन्दा माथिको जङ्गलमा लगि गाडीभित्र नै जबर्जस्ती करणी गरेको आरोपमा असोज १६ गते जाहेरी परेको र १७ गते नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिई प्रहरीले खोजतलास शुरु गरेको थियो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–८ कुन्ताबेँसी स्थायी घर भइ हाल बनेपा नगरपालिका–१० थापागाउँ बस्ने १९ वर्षीय सविन गौतम, पनौती नगरपालिका– ५ सुन्दरबस्ती बस्ने १८ वर्षीय सन्देश थापा र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ शेरा स्थायी घर भइ हाल बनेपा नगरपालिका–१० डेरा गरी बस्ने १९ वर्षीय सविन दुलाल रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले प्रयोग गरेको गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीन जनालाई मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसूरअन्तर्गत जबर्जस्ती करणीअन्तर्गत कारवाही हुने प्रहरी नायब उपरीक्षक थापाले बताएका छन् ।
News Desk 0 response बिहिबार, बैशाख ११, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२