

-
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) सहयोग गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमितको उपचार गर्दा अनिवार्यरूपमा लगाउनुपर्ने पिपीइ सहयोग गरेको हो । नगरप्रमुख किसान गुरुङले एक थान पिपीइ र एक थान थर्मलगन उपचार केन्द्रका निर्देशक डा रामकुमार श्रेष्ठलाई बुधबार हस्तान्तरण गरे । शङ्कास्पद बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मी पनि सुरक्षित रहनुपर्ने भएकाले नगरपालिकाको तर्फबाट उक्त सामग्री प्रदान गरिएको नगरप्रमुख गुरुङले जानकारी दिए ।
कोरोना भाइरसको शङ्कास्पद बिरामी र अन्य रोगका बिरामीको स्वास्थ्य परीक्षण गर्दा सुरक्षित हुन पिपीइले सहयोग पुग्ने अस्पतालका निर्देशक डा श्रेष्ठले जानकारी दिए । उनले यस्ता सामग्री पर्याप्त भएमा स्वास्थ्यकर्मीको मनोबल उच्च भई उपचारमा लाग्न प्रेरित हुने बताए ।
आइसोलेसन कक्ष स्थापना
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा आइसोलेसन कक्ष स्थापना गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचारका लागि केन्द्रमा आइसोलेसन कक्ष स्थापना गरिएको हो ।अस्पतालमा कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि बाह्र श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । आइसोलेसन कक्षमा कोरोना सङ्क्रमणका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको छ ।बन्दीपुर गाउँपालिकाले पनि बन्दीपुर अस्पतालका स्वास्थ्यकर्मीलाई तीन थान व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) उपलब्ध गराएको छ । कोरोना सङ्क्रमित बिरामीको सुरक्षितरूपमा स्वास्थ्य परीक्षण गर्नका लागि सामग्री उपलब्ध गराएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । बन्दीपुर अस्पतालमा आठ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।
गाउँपालिकाले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि मिलाएको छ । कडाउनको अवधिमा राजमार्गमा सञ्चालन हुने अत्यावश्यक सवारी साधनका चालकको पनि थर्मलगनबाट तापक्रम नाप्ने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।
यस्तै व्यास नगरपालिका–३ स्थित किरियापुत्री भवनमा आठ, म्याग्दे गाउँपालिकास्थित जामुने स्वास्थ्यचौकीमा पाँच, शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पतालमा चार, घिरिङ गाउँपालिकास्थित स्वास्थ्यचौकीमा दुई र देवघाट गाउँपालिकास्थित धर्मार्थ अस्पतालमा पाँच श्ययाको आइसोलेसन कक्ष तयार भइसकेको बताइएको छ ।
आदेश उल्लङ्घन गर्ने १७० सवारीसाधन नियन्त्रण
नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने १७० सवारी साधनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न स्थानबाट उक्त सवारीसाधन नियन्त्रणमा लिएको हो ।प्रहरीले लकडाउन उल्लङ्घन गर्ने १०९ मोटरसाइकल, ५५ स्कुटर, दुई ट्रक, एक कार, एक भ्यान, एक ट्र्याक्टर र एक रिक्सा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पुलजीप, कास्कीको सिमाना कोत्रेबजार, सदरमुकाम दमौलीलगायत राजमार्ग क्षेत्रका सात स्थानमा कडाइका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ ।
कोभिड–१९ रोकथामका लागि सरकारको आदेश नमानी अटेर गरी सवारी साधन सञ्चालन गर्नेलाई साधन नियन्त्रणमा लिई प्रहरी कार्यालयमा राखिएको छ । अत्यावश्यक सेवाका सवारी साधन सञ्चालन भने निर्वाधरूपमा भइरहेको प्रहरीले जनाएको छ । रासस
News Desk 0 response बिहिबार, चैत्र १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
भोट हाल्नका लागि ८ लाख मतदाताले उपत्यका..
शनिबार, फाल्गुन १६, २०८२



