

-
काठमाडौं : श्रम संस्कृति पार्टीबाट राजनीति सुरु गरेर समानुपातिक सूचीबाट सांसद बनेकी रुबीकुमारी ठाकुर अन्ततः प्रतिनिधि सभामा सबैभन्दा कम उमेरमा नै उपसभामुख बन्न सफल भएकी छन् ।
अहिलेसम्मको संसदीय अभ्यास हेर्दा, उनी नै कम उमेरमा उपसभामुख जस्तो पदमा नियुक्त भएकी हुन् ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीको सिफारीसमा र अन्य दलको समर्थनमा उनी उपसभामुखमा निर्विरोध निर्वाचति भएकी हुन् । २५ वर्षको कलिलो उमेरमा नै ठाकुरले उपसभामुखजस्तो महत्वपूर्ण जिम्मेवारी पाउनुले युवाले अवसर पाए गर्छन भन्ने उदाहरण समेत बनेकी छन् ।
को हुन उपसभामुख रुबी ठाकुर ?
धनुषा जिल्लाको जनकपुरधाम–१४ मा जन्मिएकी रुबी सामान्य परिवारबाट आएकी हुन् । उनको बाल्यकाल अभाव र संघर्षमै बित्यो । बुबा वैदेशिक रोजगारीमा हजामको काम गर्थे भने आमा इँटाभट्टामा मजदुरी गरेर परिवार चलाउँथिन् । ठूलो परिवार, सीमित आम्दानी र दैनिक संघर्षका बीच हुर्किएकी रुबीले पढाइलाई आफ्नो मुख्य आधार बनाइन् । कठिन परिस्थितिकाबीच उनले सिभिल इन्जिनियरिङ अध्ययन पूरा गरिन्, जुन आफैंमा ठूलो उपलब्धि थियो ।
रुबीको राजनीति यात्रा भने निकै फरक ढंगले सुरु भयो । उनी लामो समयदेखि सक्रिय राजनीतिक कार्यकर्ता होइनन् । श्रम संस्कृति पार्टीले उनलाई समानुपातिक तर्फको बन्दसूचीमा समावेश गरेपछि मात्र उनको औपचारिक राजनीतिक प्रवेश भयो । प्रतिनिधिसभा निर्वाचनमा उक्त पार्टीले पाएको मतका आधारमा उनी समानुपातिक प्रणालीबाट सांसद निर्वाचित भइन् । प्रत्यक्ष निर्वाचन लडेर होइन, तर पार्टीको सूचीमार्फत संसदमा प्रवेश गरेकी उनी नयाँ पुस्ताको प्रतिनिधिका रूपमा हेरिन्छिन् ।
दलहरूको समर्थन, विशेषगरी नयाँ र परिवर्तनको पक्षमा उभिएका शक्तिहरूको साथ पाएपछि उनको उम्मेदवारी बलियो बन्यो । कम उमेर, स्वच्छ छवि र संघर्षशील पृष्ठभूमिले उनलाई अन्य उम्मेदवारभन्दा फरक बनायो । यही कारणले उनी उपसभामुख पदका लागि बलियो दाबेदारका रूपमा स्थापित भइन् ।
रुबी ठाकुरको उदय केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, यो नेपाली समाजको परिवर्तनशील स्वरूपको संकेत पनि हो । गरिबी र अभावका बीचबाट उठेर राष्ट्रिय नेतृत्वको तहसम्म पुग्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन् । परम्परागत राजनीतिक पृष्ठभूमिबाट बाहिर रहेर पनि अवसर पाएमा नयाँ पुस्ताले नेतृत्व गर्न सक्छ भन्ने सन्देश उनको यात्राले दिएको छ ।
आज रुबी ठाकुरको नाम केवल एक सांसद वा सम्भावित उपसभामुखका रूपमा मात्र होइन, संघर्ष, आशा र नयाँ सम्भावनाको प्रतीकका रूपमा पनि चर्चामा छिन् ।
News Desk 0 response शुक्रबार, चैत्र २७, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



