

-
काभ्रेपलाञ्चोक । भूकम्पले क्षति पुर्याएका जिल्लाका २८ सामुदायिक विद्यालयका भवन एशियाली विकास बैंक (एडिबी)को करिब रु एक अर्ब २९ करोड ऋण सहयोगमा निर्माण सम्पन्न भएका छन् । सरकारको आपतकालीन परियोजनाअन्तर्गत चार वर्षमा ती सङ्ख्यामा विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले जनाएको छ ।
पुनःनिर्माण सम्पन्न भएका ती विद्यालय हस्तान्तरण भइसकेको एकाइ प्रमुख द्वारिका पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दाताको ऋण सहयोगमा विद्यालयका भवन तथा शौचालय निर्माण भएका हुन् । धुलिखेलस्थित सञ्जीवनी नमूना मावि र चौरीदेउरालीस्थित प्रभा नमूना माविमा आवासीय भवन तथा केही विद्यालयमा दुई भवनसमेत निर्माण भएका छन् ।
यस्तै, सरकारको विपद् व्यवस्थापन परियोजनाअन्तर्गत एडिबीकै ऋण सहयोगमा जिल्लामा १९ सामुदायिक विद्यालय भवन पुनःनिर्माण हुने भएका छन् । १० विद्यालयको निर्माण ७० प्रतिशत सकिएको एकाइका इञ्जिनीयर सोभित श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी नौ विद्यालय पुनःनिर्माणका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ । १९ विद्यालय पुनःनिमार्णका लागि रु ५१ करोड २४ लाख ३५ हजार ऋण सहयोग भएको उहाँले बताउनुभयो ।
भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ८३ विद्यालयलाई अहिलेसम्म पनि पुनःनिर्माण योजनाले छोएको छैन । पुनःनिर्माण योजनाले नछोएका अधिकांश विद्यालयका विद्यार्थी अस्थायी छाप्रोमा पढ्न बाध्य छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग दाताले दिएको रकम सम्झौता गर्न ढिलाइ हुनु, विद्यालयका लागि उपुयक्त जमिन प्राप्त गर्न नसक्नु, विद्यालय छनोटमा ढिलाइ हुनु तथा विभिन्न प्राविधिक कठिनाइका कारण ८३ विद्यालयको पुनःनिर्माणको काम शुरु नभएको जिल्ला शिक्षा समन्वय एकाइ धुलिखेलले जनाएको छ ।
“भौगोलिक विकटता, दक्ष कामदारको अभावले पनि पुनःनिर्माणमा प्रतिकूल प्रभाव परेको छ”, जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) प्रमुख पोखरेलले भन्नुभयो । जिल्ला शिक्षा विकास तथा समन्वयबीच बजेटमा एकरुपता नहुनु तथा अभिभावकमा चासो–चिन्ता नदेखिनु अर्को प्रमुख कारण रहेको पोखरेलले बताउनुभयो । उहाँका अनुसार पुनःनिर्माण थालिएको चार वर्षमा जिल्लाका ५८७ सामुदायिक विद्यालयमध्ये ६० प्रतिशत विद्यालयको पुनःनिर्माणको काम सकिएको छ । उहाँ भन्नुभयो, “निर्माणाधीन विद्यालयका काम हाल तीव्रताका साथ भइरहेको छ ।”क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनःनिर्माणमा अझै एक वर्ष लाग्ने भएको छ । निर्माणाधीन विद्यालयको ८५ प्रतिशत काम सम्पन्न भएको एकाइको तथ्याङ्कले देखाएको छ । जिल्लाको सामुदायिक विद्यालयको पुनःनिर्माण योजनामा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा भारतीय दूतावासलगायतले सहयोग गरेका छन् । मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकामा पूर्ण क्षति भएका विद्यालयको पुनःनिमाणको काम आउँदो २०७७ भित्र सक्ने योजना छ । एकाइका अनुसार हाल धुलिखेल नपामा ५०, पाँचखाल नपामा ७५, पनौती नपामा ६५, नमोबुद्ध नपामा ६५, बनेपा नपामा ६० प्रतिशत विद्यालयको पुनःनिर्माण भएको छ ।
यस्तै, खानीखोला गाउँपालिकामा ८०, चौँरीदेउराली गाउँपालिकामा ७०, रोशी गाउँपालिकामा ७०, भुम्लु गाउँपालिकमा ७०, बेथानचोक गाउँपालिकामा ६० र तेमाल गाउँपालिकामा ६५ प्रतिशत सामुदायिक विद्यालयको पुनःनिर्माणको काम सकिएको हो । जिल्लाका कूल ६९० विद्यालयमध्ये १०३ संस्थागत छन् । रासस
News Desk 0 response आइतवार, फाल्गुन ११, २०७६

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



