

-
सप्तरी । डाक्नेश्वरी नगरपालिका प्रमुख शिवनारायण साहमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका युवाहरूको रिहाइको माग गर्दै नेपाली काँग्रेस सप्तरीले सोमबार राजविराजमा प्रदर्शन गरेको छ ।
युवाहरूमाथि झुटा मुद्दा लगाएर हिरासतमा राखेको भन्दै काँग्रेसले झुटा मुद्दा फिर्ता गर्न नारा लगाउँदै राजविराज नगर परिक्रमा गरेको हो । काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको नेतृत्वमा निस्केको जुलुसले पक्राउ परेका युवाहरूको मुद्दा फिर्ता माग्दै शहीद दशनचोकमा कोणसभा गरेको थियो ।
नगरपालिकाका प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि गत माघ २१ गते दुव्र्यवहार गरेको आरोपमा सोही नगरपालिका–३ का राजीवकुमार राय, ५ का अमरेन्द्र यादव र ७ का अर्जुन यादव घटनास्थलाट पक्राउ परेका थिए ।
नगरप्रमुख साहमाथि भएको दुव्र्यवहार र हातपातको विरोधमा गत बिहीबार जिल्लाका १८ वटै स्थानीय तह बन्द गरिएको थियो । नगरप्रमुख साहमाथि आक्रमण गर्ने आरोपितमाथि कारवाही नभएसम्म जिल्लाका सबै स्थानीय तह अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गर्दै सप्तरीका नौ नगरपालिका र नौ गाउँपालिकाले सेवा बन्द गरेका थिए ।
प्रहरीले पक्राउ गरेका तीनसहित पाँच जनाविरुद्ध बिहीबार नै गाली बेइज्जती र अभद्र व्यवहारको मुद्दा दर्ता गर्दै कारवाही अगाडि बढाएको छ । आरोपित डाकनेश्वरी नगरपालिका–५ का महेश्वरप्रसाद यादव र वडा नं ७ का गजेन्द्रप्रसाद साह हालसम्म पक्राउ परेका छैनन् ।
नगरपालिका–५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा गत मङ्गलबार सहभागी हुन कर्मचारीसहित गाडीमा गइरहेका बेला आरोपितको समूहले घेरा हाली दुव्र्यवहार गर्दै कर्मचारीमाथि हातपात गरेको नगरप्रमुख साहको आरोप छ ।
गाडीलाई चारैतिरबाट मोटरसाइकलले घेराउ गरी ‘ज्ञापनपत्र दिनु छ, अहिले कार्यालय हिँड’ भन्दै घिस्याउन खोजेको र कर्मचारीले रोक्न खोज्दा उनीहरूमाथि नै हातपात भएको प्रमुख साहले बताउनुभयो । प्रदर्शनपश्चात काँग्रेस सप्तरीका सभापति दिनेश यादवले पक्राउ परेका युवाहरूलाई झुटा मुद्दा लगाइएको दाबी गर्दै रिहा नगरिए आन्दोलन थप चर्काउने चेतावनी दिनुभयो ।
पक्राउ परेका अमरेन्द्र डाकनेश्वरी युवा प्रतिष्ठानका अध्यक्ष हुन् । आर्थिक अनियमितताको विरोध गर्दै प्रतिष्ठानको नेतृत्वमा स्थानीय युवाहरूले डाकनेश्वरी नगरपालिका कार्यालयमा मङ्सिर २९ गतेदेखि ताला लगाएर विभिन्न प्रदर्शनसहित आन्दोलन गरेका थिए । द्विपक्षीय वार्तापछि गत पुस १२ गते २२ बुँदे सहमतिपछि ताला खुला भएको थियो । रासस
News Desk 0 response मङ्लबार, माघ २८, २०७६

सम्बन्धित शीर्षकहरु
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि निष्पक्ष छानबिन होस्’
शुक्रबार, अशोज २३, २०८३-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


