

-
सप्तरी । डाक्नेश्वरी नगरपालिका प्रमुख शिवनारायण साहमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका युवाहरूको रिहाइको माग गर्दै नेपाली काँग्रेस सप्तरीले सोमबार राजविराजमा प्रदर्शन गरेको छ ।
युवाहरूमाथि झुटा मुद्दा लगाएर हिरासतमा राखेको भन्दै काँग्रेसले झुटा मुद्दा फिर्ता गर्न नारा लगाउँदै राजविराज नगर परिक्रमा गरेको हो । काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको नेतृत्वमा निस्केको जुलुसले पक्राउ परेका युवाहरूको मुद्दा फिर्ता माग्दै शहीद दशनचोकमा कोणसभा गरेको थियो ।
नगरपालिकाका प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि गत माघ २१ गते दुव्र्यवहार गरेको आरोपमा सोही नगरपालिका–३ का राजीवकुमार राय, ५ का अमरेन्द्र यादव र ७ का अर्जुन यादव घटनास्थलाट पक्राउ परेका थिए ।
नगरप्रमुख साहमाथि भएको दुव्र्यवहार र हातपातको विरोधमा गत बिहीबार जिल्लाका १८ वटै स्थानीय तह बन्द गरिएको थियो । नगरप्रमुख साहमाथि आक्रमण गर्ने आरोपितमाथि कारवाही नभएसम्म जिल्लाका सबै स्थानीय तह अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गर्दै सप्तरीका नौ नगरपालिका र नौ गाउँपालिकाले सेवा बन्द गरेका थिए ।
प्रहरीले पक्राउ गरेका तीनसहित पाँच जनाविरुद्ध बिहीबार नै गाली बेइज्जती र अभद्र व्यवहारको मुद्दा दर्ता गर्दै कारवाही अगाडि बढाएको छ । आरोपित डाकनेश्वरी नगरपालिका–५ का महेश्वरप्रसाद यादव र वडा नं ७ का गजेन्द्रप्रसाद साह हालसम्म पक्राउ परेका छैनन् ।
नगरपालिका–५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा गत मङ्गलबार सहभागी हुन कर्मचारीसहित गाडीमा गइरहेका बेला आरोपितको समूहले घेरा हाली दुव्र्यवहार गर्दै कर्मचारीमाथि हातपात गरेको नगरप्रमुख साहको आरोप छ ।
गाडीलाई चारैतिरबाट मोटरसाइकलले घेराउ गरी ‘ज्ञापनपत्र दिनु छ, अहिले कार्यालय हिँड’ भन्दै घिस्याउन खोजेको र कर्मचारीले रोक्न खोज्दा उनीहरूमाथि नै हातपात भएको प्रमुख साहले बताउनुभयो । प्रदर्शनपश्चात काँग्रेस सप्तरीका सभापति दिनेश यादवले पक्राउ परेका युवाहरूलाई झुटा मुद्दा लगाइएको दाबी गर्दै रिहा नगरिए आन्दोलन थप चर्काउने चेतावनी दिनुभयो ।
पक्राउ परेका अमरेन्द्र डाकनेश्वरी युवा प्रतिष्ठानका अध्यक्ष हुन् । आर्थिक अनियमितताको विरोध गर्दै प्रतिष्ठानको नेतृत्वमा स्थानीय युवाहरूले डाकनेश्वरी नगरपालिका कार्यालयमा मङ्सिर २९ गतेदेखि ताला लगाएर विभिन्न प्रदर्शनसहित आन्दोलन गरेका थिए । द्विपक्षीय वार्तापछि गत पुस १२ गते २२ बुँदे सहमतिपछि ताला खुला भएको थियो । रासस
News Desk 0 response मङ्लबार, माघ २८, २०७६


सम्बन्धित शीर्षकहरु
-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१